मोडल रमेश र सुजनाको ‘मलाई हैन तिमीलाई सुखी’ सार्वजनिक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २५ पुष २०७६, शुक्रबार

काठमाडौं । गायक तथा संगीतकार कृष्ण भण्डारीको नयाँ गीत ‘मलाई हैन तिमीलाई सुखी’को म्युजिक भिडियो बुढा सुब्बा डिजिटल मार्फत सार्बजनिक भएको छ । पुष्प अन्जान र पृथिबी पुत्रको शब्द तथा गायक संगीतकार कृष्ण भण्डारीको आफ्नै संगीत रहेको गितको भिडियोलाई आवेश बज्राचार्यले छायांकन गरेका छन् भने निर्देशक प्रहिल कार्कीले आकर्षक ढंगले निर्देशन गरेका छन् ।


माया प्रेम तथा धोकाको संयोजनमा तयार पारिएको म्युजिक भिडियोमा मोडल सुजना बर्देवा, मोडल रमेश लुईटेल र मोडल सुनिल श्रेष्ठलाइ फिचर्ड गरिएको छ । अन्जिता कंडेलको कोरियोग्राफी तथा कथा रहेको भिडियोमा राज पाण्डेको मेकअप रहेको छ । भजन सम्राटको रुपमा प्रख्यात गायक कृष्ण भण्डारीको दर्जनौ चर्चित गीतहरु नेपाली सांगीतिक बजारमा सार्बजनिक भईसकेको छ । म्युजिक भिडियोलाइ निर्माता हेमन्त भट्टराईले निर्माण गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु