• सुजाता केसीको ‘स्वाभिमानी नेपाली’मा कोमल वलीसहित दर्जनौं कलाकार

    म्यूजिक खबर
    प्रकाशित: १० भाद्र २०७७, बुधबार

    काठमाडौं । गायिका सुजाता केसी राष्ट्रिय भावको गीत ‘स्वाभिमानी नेपाली’ यतिखेर बजारमा आएको छ । सुजाता केसीको स्वर रहेको उक्त गीतमा लोकराज अधिकारीको शब्द र प्रद्युम्न घलेको संगीत रहेको उक्त गीतमा संगीत संयोजन रोसन वान्तवा रार्ईको रहेको छ ।

    डिभाइन म्यूजिकको यूट्यूब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा अग्रज गायिका तथा राष्ट्रिय सभासदस्य कोमल वली, पत्रकार तथा गीतकार शान्तिप्रिय, संगीतकार तथा गायक ज्योतिप्रकाश, नायिका खुश्बु खड्का, गायिका रोजी श्रेष्ठ लगायत कृष्णभक्त महर्जन, गणेश केसी, सूर्यमान श्रेष्ठ, संगीता घिमिरे, सुशील शर्मा, रविन शर्मा, अमर तामाङ, मैयाँ चौंरेल सुधा केसीले अभिनय गरेका छन् ।

    भिडियोलाई विरेन्द्र भाट विपिनले निर्देशन तथा सम्पादन गरेका छन् भने रामसिंह भाटले छायाँकन गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु