गीतकार सुमन श्रापितको एकल सांगीतिक साँझ हुँदै

म्यूजिक खबर
प्रकाशित: १२ माघ २०७६, आईतवार
Suman Shrapit एकल साँझ

पोखरा । सप्तरङ्गी सास्कृतिक प्रतिष्ठान नेपालको शुक्रबार संस्थाका उपाध्यक्ष अभिमन्यू बिक्रम राणाको अध्यक्षतामा बसेको बैठकले प्रसिद्ध गीतकार सुमन श्रापितद्वारा रचना गरिएका कर्णप्रीय गीतहरुको एकल प्रस्तुती ‘सुमन श्रापित एकल साङ्गीतिक साँझ’ फाल्गुनको ३० गते पोखरामा गर्ने निर्णय गरिएको छ ।
संस्थाका महासचिव मनकुमार श्रेष्ठले सन्चालन गर्नु भएको बैठकमा संस्थाका संस्थापक अध्यक्ष एवम् प्रसिद्ध सङ्गीतकार एवम् गीतकार नवराज बरालले एकल साँझको प्रस्ताब पेश गर्नु भएको थियो ।
बैठकमा संस्थाका सल्लाहकार बरिष्ठ पत्रकार कृष्णप्रसाद बास्तोला र गीतकार दुर्गा बहादुर शाह ‘बाबा’ले संस्थाको गरिमालाई अझै उचो बनाउनको लागि यो कार्यक्रम सफल बनाउनु पर्ने कुरामा जोड दिदै त्यस्का लागि सबैले आआफ्नो ठाउँबाट लाग्नु पर्ने बताउनु भएको थियो ।
बैठकमा सर्जक सुमन श्रापितको पनि उपस्थिती रहेको थियो । श्रापितले पोखरामा धेरै संघ संस्थामा लागेर जीवनको उर्वर समय बिताए तर सप्तरङ्गी सास्कृतिक प्रतिष्ठानमा मेरो त्यस्तो उल्लेखनीय योगदान छैन र पनि मलाई माया गरेर मेरा विभिन्न कार्यक्रम गरेर ठुलो गुन लगाएको बताए । अब गरिने कार्यक्रम मेरो चौथो कार्यक्रम हुने छ । एकल साँझ गर्ने जो कोही सर्जकको सपना हुन्छ त्यो सपना मेरो पनि थियो जुन पूरा गर्न संस्था मन्जुर भएकोमा धन्यवाद ज्ञापन गर्द्छु भन्दै आभार ब्यक्त गरेका थिए ।

उक्त कार्यक्रम कलाकार उपचार कोषको सयोगार्थ हुने संस्थाका सचिव जुना क्षेत्रीले जानकारी दिनु भयो । यस संस्था सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठानले हरिदेवी कोइराला, दुर्गा शाह बाबा, पद्मराज ढकाल र खिम गुरुङको एकल प्रस्तुतिका कार्यक्रम भव्य रुपमा सम्पन्न गरि सकेको छ ।

गीतकार श्रापित बिगत दुई दशकदेखि पोखरामा रहेर नेपाली गीत सङ्गीतमा क्रियाशील छन् । मोफसलमा बसेर यति धेरै क्रियाशील रहने सायद पहिलो गीतकार हुन् । उनका झन्डै दुई सय गीतहरु रेकर्ड भएका छन् । उदित नारायण झा, दिपा झा, प्रशान्त तामाङ, रामकृष्ण ढकाल, अन्जु पन्त, हेमन्त शर्मा, बि।बि। अनुरागी, स्वरुप राज आचार्य, देबिका बन्दना, मान्डवी त्रिपाठी, सुनिता दुलाल, राजु परियार, मेलिना राई, अन्जना गुरुङ, मिलन अमात्य लगायत नेपालका थुप्रै चर्चित गायक गायिकाले उनको रचनाका गीत गाएका छन् ।

कार्यक्रममा उनीद्वारा रचना गरिएका सिरिमा सिरी (फिल्म परदेशी), जसलाई मुटुको आश, मेरो धड्कन तिमी, टिलपिल टिलपिल तारा, कहिले सादा कहिले रङ्गिन
कहिले ओराली झर्छ जिन्दगी (फिल्म जीवनलिला), तिम्रो मधुर मुस्कानले, अच्छा लेकिन क्या बात (फिल्म निशानी), पूर्वैबाट पश्चिममै आयौ (फिल्म निशानी)
अब कसैले गल्ल्ती नगरौं, दिलराजा दिलरानी, तिमीलाई त जहाजमा, काली काली दिलवाली (फिल्म दृष्टिकोण), बादल फाटेको बेला, आमाबाट सिके मैले जस्ता प्रतिनिधि गीतहरुको प्रस्तुती रहने गीतकार श्रापितले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु