समाजको वास्तविक चित्रण गरिएको मार्मिक गीत ‘समाज’

म्यूजिक खबर
प्रकाशित: १९ भाद्र २०७७, शुक्रबार

काठमाडौं । नेपालीमा एउटा उक्ती छ बाह्र छोरा तेह्र नाती, बुढाको धोक्रो काँध माथी । नेपालको वर्तमान समाजमा यो उक्ति वास्तविक बन्न गएको छ । बुबाआमाले छोराछोरी हुर्काउन गर्ने दुःखलाई कसैले शब्दमा व्यक्त गर्न सक्दैन । आफूलाई पलपलमा मारेर पनि छोराछोरीलाई बचाउने भनेकै आमाबुबा नै हुन् । तर छोराछोरीले कहाँ देख्न सक्छन् र बुबाआमाको दुःखलाई । केहि कर्तव्यकृत छोराछोरीको कुरा छाड्ने हो भने धेरै जसो विविध कारणले आमा बाबाबाट टाढा भएका भेटिन्छ । समाजमा बिस्तारै यो प्रवृती संस्कारका रुपमा बढ्दै गएको पाइन्छ । समाजको यहि वास्तविकतालाई चित्रण गरिएको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

किशोर न्यौपानेको मार्मिक शब्द रहेको गीतमा गायक सुमित खड्काको स्वर सुन्न सकिन्छ भने सुप्रसिद्ध संगीतकार शक्ति बल्लभले मिठो संगीत भरेका छन् ।
निरज श्रेष्ठले एरेन्ज गरेको यस गीतका रेकर्डिष्ट भने भोला पौडेल हुन् । साउण्ड डिजाइन स्टुडियोमा रेकर्ड गरिएको यस गीतलाई शेषु इन्टरटेन्मेन्ट च्यानल मार्फत सार्वजनिक गरिएको हो । हाल लिरिकल भिडियो बनाएर सार्वजनिक गरिएको यस गीतको सक्दो चाँडो भिडियो पनि बनाउने गायक सुमित खड्काले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु