मौलिकतासहित जीवन दर्शनमा आयो ‘कर्कलो पानी’

म्यूजिक खबर
प्रकाशित: ३० फाल्गुन २०७५, बिहीबार

काठमाडौं । पछिल्लो समय लोकदोहोरी पनि भित्रिएको आधुनिकतालाई केही प्रयोग गर्दै मौलिकतालाई प्रमुखताका साथ पस्किएको गीत ‘कर्कलो पानी’ सार्वजनिक भएको छ । ‘जिन्दगानी कर्कलो पानी, तेरो मेरो भनेरै दिन जानी’ गीतभित्र मायाप्रेमसँगै जीवन दर्शनका कुराहरु उल्लेख भएका छन् ।

गायक सुनिल थापा, कृष्ण आँसु, गायिका पवित्रा सर्तुङ्गे र मुना कुमालको स्वर रहेको यस गीतलाई सुनिल थापा र कृष्ण आँसुले लेखेका हुन् । यसको संगीत भने मौलिक भनिएका छ । कृष्ण वि.क.को संगीत संयोजन रहेको यस गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन् ।
यस गीतको भिडियो निर्देशन भने विवेक खड्काले गरेका छन् भने परिकल्पना उदिराम खड्काको रहेको छ । दुर्गा पौडेलको छायाँकन एवं नवीन घर्तीको सम्पादन रहेको यस भिडियोमा श्रीप्रसाद थापा, सम्झना खत्री, सुमन परियार, रितु तामाङ, विवेक खड्का र विन्दु खड्काको अभिनय रहेको छ । भिडियोलाई सत्यावती कलाकेन्द्रले निर्माण गरेको हो भने गीतलाई विसौनी क्रियशनले बजार व्यवस्थापन गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु