उमा शानको नयाँ तीज गीत ‘सुनैको बाला’ (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ८ भाद्र २०७६, आईतवार ०१:२२
Sunko Bala

काठमाडौं । नेपाली हिन्दु महिलाहरुको महान पर्ब हरितालिका तीज आउन करिब १० दिन बाँकी हुदा तीज सम्बन्धी नयाँ नयाँ गीतहरुको म्युजिक भिडियोहरु सार्वजनिक भैरहेका छन् । यस्तै गायिका उमा शानले पनि तीज गीत ‘सुनैको बाला’को भिडियो रिलिज गरेकी छिन् । उनको आफ्नै शब्द रहेको गीतमा छेवांङ तेन्जिंङ लामाको संगीत रहेको छ । गीतको भिडियोमा बिशाल लामा र सस्मिता गिरि सहित नेपाल रुम्बा कल्चर एकाडेमीका बिधार्थीहरुको नृत्य रहेको छ ।

बिजय रुम्बा लामाको निर्देशनमा बनेको भिडियोमा दुर्गा पौडेलको क्यामेरा र बिकाश ज्ञवालीको सम्पादन रहेको छ भिडियोलाई स्वर साधना संगीत पाठशालाले निर्माण गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु