प्रथम लोकस्टार भए रोल्पाका शनी विश्वकर्मा

म्यूजिक खबर
प्रकाशित: ८ कार्तिक २०७६, शुक्रबार

काठमाडौं । लोक गायनको सबैभन्दा ठूलो धन राशीको रियालिटी शोका रुपमा परिचित ‘आइएमई लोक स्टार’को उपाधि रोल्पाका शनी विश्वकर्माले चुम्न सफल भएका छन् । आज भएको आइएमई लोकस्टारको ग्राण्ड फिनालेमा शनीले ५० लाख राशिको पुरस्कारसहित लोकस्टारको उपाधि जित्न सफल भएका हुन् । उनले पुरस्कार राशिसहित २५ लाखको सिटिजन्स बीमा सहित विभिन्न पुरस्कारहरु चुम्न सफल भएका हुन् ।

https://www.youtube.com/watch?v=sonlFl9-dYQ&feature=youtu.be
त्यसैगरी फस्ट रनरअपको उपाधि स्याङ्जाका चेतन गोतामेले चुम्न सफल भए । गोतामेले २५ लाख नगद राशि र १५ लाखको सिटिजन्स बीमा सहितको पुरस्कार चुमे । त्यस्तै सेकेन्ड रनरअपको उपाधि विनोद दनुवारले चुम्न सफल भएका छन् । उनले १० लाख नगद राशिसहित ५ लाख बराबरको सिटिजन्स बिमा पाएका छन् ।

लोकगायनको क्षेत्रमा भएका प्राय लोकगायनको रियालिटी शोमा प्रथम हुँदै आएका रामेछापका रामकुमार नेपाली भने आइएमई लोकस्टारमा चौथो स्थान हासिल गर्न सफल भए । उनले उत्कृष्ट प्रस्तुति दिए वापत लिटमस केवलका तर्फबाट २ लाख नगद राशि मात्रै प्राप्त गर्न सफल भए ।

काठमाडौंको भृकुटीमण्डपमा आज भएको ग्राण्ड फिनालेमा टप १४ प्रतिस्पर्धीले आफ्नो प्रस्तुति राखेका थिए । कार्यक्रममा चर्चित गायक गायिकाहरुले पनि प्रस्तुति राखेका थिए । कार्यक्रममा पूर्णकला बिसी, शान्तिश्री परियार, पुस्कल शर्मा लगायतले प्रस्तुति दिएका थिए भने निर्णायक मध्येका एक रामजी खाँडले पनि प्रस्तुति दिएका थिए ।

चाहाना मिडिया र एपिवान टेलिभिजनको सहकार्यमा यो रियालिटी सो सम्पन्न भएको हो । नेपाल लोक स्टारमा निर्णायकको रुपमा वरिष्ठ कलाकार तथा गायक जयनन्द लामा, गायक रामजी खाँड, सुनिता दुलाल र वरिष्ठ संगीतकार बीबी अनुरागी रहेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु