• सुरज पण्डितको ‘रेलको बाटो’मा झल्किएको हुम्लाबासीको पीडा

    म्यूजिक खबर
    प्रकाशित: २६ बैशाख २०७८, आईतवार १२:४४

    काठमाडौंँ । गायिका स्मृति शाहीको स्वर रहेको गीत ‘रेलको बाटो’ सार्वजनिक भएको छ । यसअघि सुरज पण्डितको स्वरमा आएको यो गीतले चर्चा पाउन सफल भएपछि फिमेल भर्सनमा ल्याइएको हो ।

    कर्णाली प्रदेशको विकट गाउँ हुम्ला जिल्लाको परिवेशमा तयार पारिएको गीतको शब्द लेखराज गिरीले कोरेका हुन् भने संगीत सुजर पण्डितकै रहेको छ । हुम्लावासीले भोग्नु परेको दुःख पीडा उजागर गरिएको गीतमा सहरमा रेल आउने चर्चा चलिरहँदा हुम्लामा मोटर पुग्ने आशामा जनता रहेको सन्देश समेटिएको छ ।


    ‘कर्णालीवासीले भोग्नु परेको व्यथालाई गीतमा देखाउने प्रयास गरिएको छ’ मोडल चिरञ्जिवी सापकोटाले भने । गीतको भिडियो एक महिना लगाएर निर्देशक लक्ष्मण सुनारले तयार गरेका हुन् । भिडियोमा चिरञ्जीवीको अलवा सरस्वती खत्री र स्थानीय कलाकारहरुको अभिनय समेटिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु