• सुरवीर पण्डितले माफी माग्दै भने ‘हामीलाई अज्ञानी सम्झेर क्षमा दिनुस्’

    म्यूजिक खबर
    प्रकाशित: २८ बैशाख २०८२, आईतवार

    काठमाडौं । क्रिश्चियन धर्मको प्रचार गरेको गीतमा अभिनय गरेपछि यतिबेला चर्चित हास्य कलाकार सुरवीर पण्डित ‘दारी बा’ र रामचन्द्र अधिकारी ‘गोप्ते काजि’ विवादित बनेका छन् । उक्त भिडियो सामाजिक सञ्जालमा निकै शेयर र भाइरल भएको छ पैसाको लागि धर्म बेच्ने प्रचारप्रसार गरेको भन्दै उनिहरूमाथि गालीको वर्षा समेत भइरहेको छ । धेरै गाली आउँन थालेपछि कलाकार सुरवीर पण्डितले माफी मागेका छन् ।

    उनले आफु अज्ञानी भएको भन्दै क्षमायाचना गरेका छन् । सँगै उनले रामचन्द्र अधिकारी ‘गोप्ते काजि’ लाई पनि माफ दिन आग्रह गरेका छन् ।
    सुरवीर भन्छन् –
    आदरणीय आमाबुवा, दाजुभाइ, दिदीबहिनी सम्पूर्णमा मेरो कोटी कोटी प्रणाम । केही दिन अगाडि मैले दुईवटा क्रिस्चियन गीत खेलेको थिएँ । हाम्रा अग्रजले भन्नुहुन्थ्यो, कलाकार बन्न चाहन्छौ भने तिमीले यो गर्दिनँ, त्यो गर्दिन भनेर भन्नु हुँदैन, जे अगाडि आउँछ त्यसलाई नै प्रसाद सम्झेर ग्रहण गर्नुपर्छ । त्यही अनुसार अगाडि बढियो । क्रिस्चियन गीत गरियो, तर त्यसबाट धेरै गुरुबा, गुरुआमा, गुरु–पुरोहित, बुवाआमा, दाजुभाइ दिदीबहिनीले मन दुखाउनुभएको छ ।

    हाम्रो उद्देश्य कसैको पनि मन दुखाउने थिएन । सिर्फ कलाकारिता गर्नु थियो । म एकदमै हृदयदेखि क्षमा चाहन्छु । आउँदो दिनमा हजुरहरूको आशीर्वाद लिएर हजुरहरूले भनेजस्तै हाम्रो धर्मसंस्कार, संस्कृतिको जगेर्ना गर्दै देशले गर्व गर्न सक्ने काम गर्न सकुँ ।

    हजुरहरूले मलाई आशीर्वाद दिनुहोला । काजी सा’ब (रामचन्द्र अधिकारी) पाँचथरमा सुटिङमा हुनुहुन्छ । उहाँलाई पनि क्षमा गरिदिनुहोला है हजुर । यो हामीलाई अज्ञानी सम्झेर क्षमा गरिदिनु होला हजुर । अब हामी यस्तो गर्दैनौँ । जस होस । धेरै धेरै धन्यवाद ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु