सुशान्त केसीको “साथी” (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: १७ भाद्र २०७६, मंगलवार

काठमाडौं । लोकप्रिय गायक सुशान्त केसीको “साथी” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सोही गीतमा धेरैको मन जित्न सफल गायक सुशान्त केसीकै शब्द रहेको छ । अविन भोको निर्देशनमा तयार भएको गीतको भिडियोमा सुशान्त केसी र कुन्डन शाक्यको अभिनय रहेको छ ।

बाल्यकाल र साथीको सम्झनाका भाव समावेश गरिएको उक्त गीतमा सधैँ सँगै नभए पनि साथ सधैँ भएको कुरा समावेश गरिएको छ । उक्त गीतको भिडियो अविन बोले छायाँकन गरेका हुन् । भने सोही गीतको भिडियोलाई अविन र नयन राईले सम्पादन गरेका हुन् । गीतलाई सुशान्त केसीको युटयुबबाट सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु