काठमाडौं । सिक्किमका सर्जक टी.बी. चन्द सुब्बाको कृति ‘विश्वमा मानव सभ्यता–जातीय बृहत् इतिहास–संस्कृति र परम्परा’माथि परिचर्चा गर्दै उनलाई सम्मान समेत गरिएको थियो । साहित्यिक पत्रकार संघ र मिलाप मासिकको आयोजनामा डालो रेस्टुरेन्ट, अनामनगरमा भएको कार्यक्रममा प्रा.डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यतामा सर्जक सुब्बा र नेपाल पत्रकार महासंघ काठमाडौं शाखाकी नवनिर्वाचित अध्यक्ष शोभा अर्याललाई बधाई तथा सम्मान गरिएको थियो ।
कार्यक्रमको अध्यक्ष साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली २३ सय पृष्ठको ‘विश्वमा मानव सभ्यता–जातीय बृहत् इतिहास–संस्कृति र परम्परा’ कृतिको परिचर्चामा वक्ताहरू वृहत कृतिका लागि सर्जक सुब्बालाई शुभकामना बधाई दिनुका साथै कृतिमाथि चर्चा गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै मिलाप मासिकका प्रधान सम्पादक कृष्ण भुसालले मिलापको चर्चा गर्दै नेपाली भाषा, साहित्य, कला संस्कृतिका विषयमा मिलापमार्फत विगत १५ वर्षदेखि आफूहरूले समाग्री प्रस्तुत गर्दै आएको बताए ।
प्रमुख अतिथि प्राडा भट्टराईले सर्जक सुब्बाले यस वृहत कृतिको सुरुवातदेखि नै आफूसँग आउने गरेको र आफूले सक्दो सहयोग पुर्याएको बताए । उनले यसभित्र समावेश भएका विषयवस्तुको समयक्रममा चर्चा हुँदै जाने र के कस्ता विषयवस्तु छन् भन्ने विषयमा चर्चा हुने बताउँदै उनको साहश तारिफ योग्य भएको जिकिर गरे।
यस्तै प्रा.डा. केसीले हामीले गर्न नसकेको काम सीमापारिका सर्जकहरूले गरिरहेको बताउँदै हाम्रो राजनीति र समाजिक परिवेश एक अर्काको खुट्टा तान्ने प्रवृति रहेको सुनाउँदै हामीले आफूलाई परिमाजित गर्दै लानुपर्नेमा जोड दिए । महाकाव्यकार दाहालले साहित्यको सीमा नहुने भन्दै जहाँका सर्जकले सिर्जना गरेका रचना भएपनि ति सबैले मानविय संवेदना, परिवेश, कला र संस्कृतिका लागि हुने जिकिर गरे ।
बरिष्ठ कलाकार लय संग्रौलाले नेपाली भाषा, साहित्य, कला संस्कृतिका साथै सर्जक सुब्बाको खोज अनुसन्धानमुलक लेखनको चर्चा गरेका थिए ।
कार्यक्रममा कलाकारहरू लय संग्रौला, उत्तम के.सी., वरिष्ठ सङ्गीतकार राजु सिंह, गीतकार अमर वान्तु, गीतकार सङ्घका अध्यक्ष वसन्त वित्यासी लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए ।
गीतकार तथा निर्देशक गणेश सुवेदीले सहजिकरण गरेका थिए । कार्यक्रममा अध्यक्ष लेकालीले आफू अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को अध्यक्ष हुँदा सर्जक सुब्बासँग धेरै कार्यक्रममा सहकार्य गरेको बताउँदै नेपाल बाहिरका धेरै सर्जकले नेपाली साहित्यको उत्थानमा आफूलाई संलग्न गराइरहेको र सर्जक सुब्बाका कार्य प्रशसनिय रहेको बताए।
सम्मानित सुब्बाले आफूले १७ वर्ष लागाएर यो पुस्तक तयार पारेको जानकारी गराउँदै नेपालका ७१ जिल्लामा आफू पुगेको सुनाउन्दै उनले कृतिको सुरूवातदेखि तयारहुँदा सम्मका विभिन्न अनुभव सुनाएका थिए ।
सम्मानित सुब्बाका यसअघि नै गीत, कविता, खण्डकाव्य, कथा, उपन्यास, जीवनी, गीति एल्बम र एक दर्जनकृति प्रकाशित छन् भने उहाँले एक दर्जन बढी पुस्तकको सम्पादन पनि गर्नुभएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सिक्किम च्याप्टरका निवर्तमान उपाध्यक्ष तथा सल्लाहकारसमेत रहेका साहित्यकार टी.बी. सुब्बा नेपाली साहित्य परिषद, गान्तोकलगायत विभिन्न संघ सस्थामा आवद्ध रहेका छन् ।
कार्यक्रममा साहित्यकारहरू प्रा.डा. गोविन्दमान सिंह कार्की, शरद प्रधान, जनक रावल, डा. दामोदर पुडासैनी, किशोर विश्वकर्मा, डा. शान्तिमाया गिरी, मन्जिला अनिल, कमला रिसाल, डा. बुनु दाहाल, सुधा मैनाली, गीतकार रमेश दाहाल, पत्रकारहरू प्रविन थपलिया, श्रीराम राई, सानुकाजी श्रेष्ठ, सूर्य सुवेदी, गीता अधिकारी, डिल्लीरमण सुवेदी, रिना श्रेष्ठ, भोला अधिकारी, मोहम्मद जलिम, सुरेन्द्र थापा, चलचित्र निर्देशक माधवराज खरेल, कमला जोशी, कलाकार अटल निरोज तथा सिक्किमकी दुर्गा सुब्बालगायतको उपस्थिति थियो ।