• तिज महोत्सबमा दुर्गेश, निशा, सुजता, चन्द्रदेखि नमराजले नचाए, जितु र दिनेशले हँसाए

    म्यूजिक खबर
    प्रकाशित: १६ भाद्र २०८१, आईतवार

    काठमाडौं, १५ भदौ,कलरइसेन्स र नेचरइसेन्सले आयोजनामा २० औं तिज महोत्सब काठमाडौंमा भव्य रुपमा सम्पन्न भएको छ । अग्रजदेखि नयाँ पुस्तासम्मका दर्जन कलाकारले करिब पाँच घन्टासम्म दर्शकलाई आफ्नो गीतसंगीत र नृत्यबाट उनीहरुलाई निरन्तर नचाएका हुन् । सो क्रममा गायक तथा मोडल दुर्गेश थापा, अग्रज गायकद्धय चन्द्र शर्मा, नमराज ढुँगानादेखि चर्चित गायिका निशा देशारसम्मले बिहिबार बेलुका काठमाडौंमा पाँच सयभन्दा बढी ब्युटिसियनहरुलाई छमछमी नचाएका छन् ।
    बिहान ११ बजेबाट सुरु भएको सो महोत्सबमा सुरुको दुई घन्टासम्म भारतबाट आएका कस्मोलोजिष्ट निरज कुमारले पाँच सय भन्दा बढी व्युटिसियनहरुलाई फेसियल सम्बन्धि प्रशिक्षण दिए । कार्यक्रमलाई चलचित्र निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसीले सहजीकरण गरेका थिए ।
    कार्यक्रमका आयोजकसँस्था एसएमके इन्टरप्राईजेजका अध्यक्ष मनिकरन केसीले २३ वर्ष अघि नेपालमा आफुले भित्राएको कलरइसेन्स नेपालइसेन्स कस्मेटिक आज सर्वाधिक विक्रीहुने सुचीमा परेकोमा खुसी व्यक्त गरे । नेपालइसेन्सका कन्ट्री डिरेक्टर रमेश उप्रेतीले सो कम्पनीका दुई सयभन्दा बढी उत्पादनबारे कार्यक्रममा जानकारी गराए । नेचरइसेन्स र कलरइसेन्सले हेयर केयर, स्किन केयर, मेकअपसम्बन्धि दुई सय भन्दा बढी कस्मेटिक सामग्री उत्पादन गरेर विश्व बजारमा पठाउँदै आएको उनले बताए ।
    महोत्सबको दोश्रो खण्ड्मा अन्तर्गत दिउँसो १ बजेबाट बेलुका ६ बजेसम्म सांस्कृतिक कार्यक्रम, नाचगान एवम् दर कार्यक्रम आयोजना गरियो । मोडल प्रतीक्षा काफ्लेको नृत्यबाट सुरु भएको दोश्रो चरणको सो कार्यक्रमलाई एसएमके इन्टरप्राईजेजका अध्यक्ष एवम् चलचित्र निर्माता मनिकरण केसीले उद्घाटन गरे । कार्यक्रममा स्वागत स्वरुप मोडल तुलसा पहाडीले ताण्डप नृत्य प्रस्तुत गरिन् ।
    सो क्रममा हास्य कलाकार दिनेश काफ्लेले सामसामयिक बिषयमा प्रहशन गरेर दर्शकलाई हँसाए । उनले विभिन्न नेताको क्यारिकेचर गर्दा ब्युटिसियनहरु निकै रमाएका थिए । मञ्चमा उत्रिएका गायक नारायण थापाले आफ्नो नयाँ गीत तिमीलाई नै…प्रस्तुत गरे । यसपछि मञ्चमा प्रस्तुत भएकी गायिका सुजता केसीले आफ्नो तीज गीत र लोकगीत प्रस्तुत गर्दा ब्युटिसियनहरु स्टेजमा चढेर उनीसँगै नाच्ने भने मोडल सृजना श्रेष्ठले पनि तीज गीतमा नृत्य गरेर आफुसँगै व्युटिसियनहरुलाई नचाईन् ।
    कार्यक्रममा अग्रज लोक गायक नमराज ढुँगानाले आफ्नो चर्चित गीत फुल फुल्यो अमला र अर्को गीत प्रस्तुत गरे । ढुँगानाको गीतमा नाचेका ब्युटिसियनलाई गायिका बिन्दु परियारले तीज गीत सहित पहिलो नम्बरमा…, फर्क फर्क मायाँलु…जस्ता गीतमार्फत नचाईन् ।
    यो तिज महोत्सबमा यसपछि गायिका निशा देशारले आफ्ना चर्चित दुई गीत प्रस्तुत गरिन् । उनले सुरुमा चलचित्र राहदानीको मारुनी गीत साउनको ठुलो झरी… गाउँदा दर्शकहरु मारुनीको तालमा नाचे । कार्यक्रममा दरखाँदै रमाईरहेका ब्युटिसियनहरुमाझ निशाले आफ्नो अर्को हिट गीत ऐला लुवया…गाउँदा हातमा ग्लास लिएर उनीहरु स्ेटजमै चढेर निशासँग नाचे । निशाले नचाईरहेको दर्शकबीच अर्का अग्रज गायक चन्द्र शर्माले आफ्नो चर्चित गीत बाच्छीले धान खायो…गाउँदा ब्युटिसियनहरुको नृत्य रोकिएन । उनले आफ्नो अर्को चर्चित लोक गीत पनि प्रस्तुत गरे ।
    निरन्तर नाचेर केही थाकेका ब्युटिसियनहरुलाई यसपछि करिब २० मिनट हास्य अभिनेता जितु नेपालले प्रहशन गरेर निरन्तर हँसाए । उनले महिलाहरुको सृँगारको प्रसँगमा निकै रमाईलो प्रस्तुति दिएका थिए ।
    बिहान ११ बजेबाट सुरु भएको तिज महोत्सब तथा सांस्कृतिक कार्यक्रममा बेलुका ५ बजेपछि स्टेजमा उत्रिएका गायक दुर्गेश थापाले आफ्नो पाँचवटा गीत प्रस्तुत गरेर दर्शकलाई नचाए । उनले बीच्च बीच्चमा सृँखलाका तीनवटा गीत, बम भोले बम…, कि त दुर्गेश रेलमा…जस्ता गीतहरु प्रस्तुत गरे । सो महोत्सबमा ब्युटिसियनहरु बेलुका ६ बजेसम्म नाचगान र दर खानमा व्यस्त रहे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु