• नेपाली चेलीको दर्दनाक पीडा, कसले ग¥यो यस्तो (भिडियोमा)

    म्यूजिक खबर
    प्रकाशित: १६ श्रावण २०७५, बुधबार

    १६ साउन, काठमाडौं । पछिल्लो समय हरितालिका तिजको अवसर पारेर गीत बजारमा ल्याउनेहरु धेरै छन् । तर तिजको नाममा तिजका गीतहरु भन्दा पनि बजारमा सस्तो लोकप्रियता कमाउने गीतहरु आइरहेको बेलामा गायिका प्रिति आले र गायक प्रचण्ड जीसीले भने फरक धारको गीत बजारमा ल्याएका छन् ।

    यसबर्षको तीजको कोसेली स्वरुप नारीको कथामा रहेको निकै मार्मिक लोकगीत सार्वजनिक गरिएको छ । जसमा चेलीको माइती र घरको कुरा समेटिएको छ । चेलीले बिवाह गरेर घर गइसकेपछि घरमा आइपर्ने दुःख, यातना, पीडालाई भोग्न नसकेपछि माइतीघरमा पीडा पोख्दा पनि छोरीले माइती बस्नुहुन्न भन्ने यथार्थतामा बाँच्न नसकेपछि रापतीमा हामफालेर ज्यान गुमाएकी चेलीको पीडा गीतमा उतारिएको छ ।
    हिजो राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ‘जान्न फर्केर’ बोलको उक्त गीतले समाजको यथार्थ चित्रण गरेको अतिथिहरुले बताएका छन् ।

    कार्यक्रमकी प्रमुख अतिथि सांसद तथा लोकगायिका कोमल वलीले नेपालमा अझैपनि कतिपय ठाउँमा नारीहरु परिवारबाटै हेलामा पर्ने गरेको बताइन् । पुरुषबाट अपहेलित हुने नारीहरु आँफैले लडेर अगाडी बढ्नुपर्ने बताइन् । उनले संसदमा नेपाली नारीहरु प्रति भएको अपहेलना, बलात्कार जस्ता घटनाहरुको बिषयमा बेलाबेलामा आवाज उठाउँदै आएको पनि बताइन् । यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय अध्यक्ष बद्री पंगेनीले एक मौलिकता झल्किएको गीत बजारमा आएको भन्दै प्रसंसा गरे । साथै उनले निर्माण टिमलाई शुभकामना दिए ।

    भिडियोका निर्देशक सुवास केसीले भिडियो पहिलो पटक निर्देशन गरेका हुन् । कार्यक्रममा बोल्दै केसीले निकै मेहनतका साथ भिडियो तयार पारेको बताए । उनले त्रिशुली नदी किनारमा छायांकन गर्दाका केहि दुःखका क्षणहरु पनि सुनाएका थिए । यस्तै मोडल दिपाशाले त्रिशुली नदीमा पानीमा डुबेर छायांकन गर्दा निकै कठिनका साथ काम गरेको बताइन् । उनले निकै डरका साथ काम गरेको र आज प्रतिफल राम्रो आउँदा निकै उत्साहित रहेको बताइन् । भिडियोका अन्य कलाकार सुरबीर पण्डित, शारदा गिरी लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।
    जान्न फर्केरमा गायिका प्रिती आले र प्रचण्ड जिसीको स्वर रहेको छ । जसमा सुवास केसीले शब्द भरेका छन् । गीतलाई झलक संगीतमले एरेन्ज गरेका हुन् भने सञ्जय श्रीपालले मिक्सिङ गरेका हुन् । गीत आलाप रेकर्डिङ स्टुडियोमा रेकर्ड भएर बजारमा आएको हो । गीतको भिडियो सुवास केसीले निर्देशन गरेका हुन् । भिडियोमा दिपाशा बिसी, सुरबिर पण्डित, सारदा गिरी, चन्द्र शर्मा, बेगम नेपाल, सुवास केसी लगायतको अभिनय रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु