दशैँ गीत ‘फर्क साईला’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ८ आश्विन २०७६, बुधबार

काठमाडौं । गायक टेक बहादुर अधिकारीको दशैँ गीत ‘फर्क साईला’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । उक्त गीतमा गायक अधिकारीलाई गायिका गीता देवीले साथ दिएकी छिन् । यस गीतमा चाडपर्वमा आफ्नो गाउँ घर र परिवार सम्झेर परदेशमा आफ्नो जीवन बिताउने परदेशीहरुको पिडालाई दर्साइएको छ । उक्त गीतमा गायक अधिकारीकै शब्द रहेको छ, भने लय विष्णु तामाङको रहेको छ ।

‘फर्क साईला’ बोलको गीतको भिडियोलाई युवराज खत्रीले निर्देशन गरेका छन् भने छायांकन र सम्पादन पनि खत्रीकै रहेको छ । भिडियोमा नवराज राउत र समिता तामाङको अभिनय रहेको छ । एक्शन फिल्मस् प्रालिद्वारा निर्माण गरिएको दशैँ गीतको म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु