टेक राजको ‘नहेर ऐनामा’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ८ आश्विन २०७६, बुधबार

काठमाडौं । नेपाली गीत संगीत पछिल्लो समयमा अलि कमै मात्रामा बजारमा आएका हुन्कि भन्ने दर्सक सोर्ताको चासो गुनासो रहेको छ गीत संगीत जति बजारमा खस्किदै गए पनि बजारमा गीत संगीत आउने क्रम भने जारि रहेको छ । गीत संगीत बिना हामि अधुरो र अपुरो रहन्छौ तेही भएर गीत संगीतलाई सुख दुखको साथी पनि भन्ने गरिन्छ । कलाकार राष्ट्रका गहना हुन् सुख दुख मिलन बिछोड अनि उकाली ओराली जे गर्दा होस सबैलाई साथ् दिन्छ नेपाली गीत संगीतले पछिल्लो समय यता डिजिटल प्रबिधि नेपालमा भित्रिय पछि अहिले भिडियो अनि गीत युटुबमा मात्र राख्ने चलन आएको छ गीत चंल्नुमा भिउज धेरै पायो भने गीत चलेको मानिन्छ तर पनि गीत चल्नुमा कसको हात हुन्छ त्यो भने दर्सक सोर्ताको हातमा छोडि दिनु पर्छ ।

गीत संगीत बजारमा आउने क्रममा फेरी अर्को गीत बजारमा आएको डिजे गीत ‘नहेर ऐनामा’ बजारमा आएको छ । गाएक टेक राजको प्रस्तुतिमा यो गीत बजारमा आएको हो । बिरेन्द्र खडका बेस्टुको अफिसियल युटुब च्यानलबाट बजारमा आएको हो । गाएक टेक राजको आवाज रहेको गीतमा लय अनि संगीतपनि टेक राजकोनै रहेको छ भने सोही गीतमा र्याप भोकल बिरेन्द्र खड्का बेस्टूूको रहेको छ । सुमन केसीको एरेन्ज रहेको गीतलाई प्रिज्म रेकडिङ्ग स्टुडियोले रेकड गरिएको हो भने गीतलाई आडियो मिक्सिङ्ग साउण्ड इन्जिनियर श्याम स्वेत रसाइलीले गरेका छन् । भिडियो निर्माणको क्रममा बिक्रम चौहानको निर्देशन ,प्रकाश खड्काको छायांकन अनि मिलन बिकको सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु