नरेश र अन्नुको कर्णप्रिय थारु गीत ‘ओ सजन’

म्यूजिक खबर
प्रकाशित: ८ आश्विन २०७८, शुक्रबार

काठमाडौं । चर्चित गायक नरेश जोगी र चर्चित गायिका अन्नु चौधरीको थारु गीत ‘ओ सजन’ बोलको गीत सार्वजनिक भएको छ ।

पिके फिल्मस् युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा गायक नरेशको शब्द तथा सङ्गीत छ । गीतलाई गणेश चौधरीले एरेञ्ज गरेका हुन् ।

म्युजिक भिडियोमा रियल हिरो अभिनेता पल शाह र कविता राय फिचर्ड छन् ।

पल र कवितासँगै कृष्ण जोशीको पनि अभिनय भिडियोमा देख्न सकिन्छ ।

विक्रम चौहानले निर्देशन तथा कोरियोग्राफ गरेको म्युजिक भिडियोमा पल र कवितालाई थारु समुदायको बिहेको भेषमा पनि देख्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु