• ‘द भ्वाइस अफ नेपाल’ का यी ८ प्रतिस्पर्धीहरुबाट आज को–को बाहिरिएलान् ?

    म्यूजिक खबर
    प्रकाशित: १ पुष २०७९, शुक्रबार

    काठमाडौं । संगीतप्रेमीहरुको चासो र ध्यान यतिबेला गायनमा आधारित टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ मा केन्द्रीत भएको छ । अबको भागमा (आज) उत्कृष्ट आठले प्रतिस्पर्धा गर्दै छन् । अत्यन्त कडा प्रतिस्पर्धा भइरहेको अवस्थामा आज भने को बाहिरिएला भनेर अहिले धेरैले न‘द भ्वाइस अफ नेपाल’मा ध्यान लगाएकाछन् ।

    सेमिफाइनल समेत बताइएको यो चरणपछि फाइनल चरण आउने भएकाले अन्तिम आठको प्रतिस्पर्धा रोचक हुने अनुमान छ । दर्शकले शुक्रबार कार्यक्रम प्रसारण हुने समयसम्मै मतदान गर्न सक्नेछन् ।

    अहिले अन्तिम आठमा टिम प्रमोदबाट योगेश मगर र आशिष महर, टिम राजुबाट रियान गिरी र करण राई, टिम राजेशबाट सविना योङहाङ लिम्बू र पदम राई तथा टिम प्रविशाबाट साइल लिम्बू र प्रिज्वल नेपाली छन् ।

    आज यी ८ प्रतिस्पर्धीहरुबाट दुई प्रतिस्पर्धी बाहिरिने छन् ।

    केही प्रतिस्पर्धीको लागि दलका नेता र जनप्रतिनिधिले समेत भोट मागिरहेका छन् ।

    द भ्वाइस प्रत्येक शुक्रबार र शनिबार हिमालय टीभीबाट बेलुका ८ बजे प्रसारण सुरु हुन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु