• मर्मश्पर्शी गीत ‘रुन लेखेको’मा अडियो र भिडियोको उत्कृष्ट तालमेल

    म्यूजिक खबर
    प्रकाशित: २८ बैशाख २०८२, आईतवार

    काठमाडौं । नेपाली संगीत बजारमा विविध विधाका गीतहरु दैनिक रुपमा सार्वजनिक भइरहेकै हुन्छन् । पछिल्लो समयमा संगीतको मर्म भन्दा पनि उफ्रिने र उफार्ने गीतहरुले राम्रो भ्यूज बटुल्न सफल भएको देखिन्छ । संगीतकर्मीहरुको चिया गफमा ‘राम्रा गीत निकाले दर्शक श्रोताको आँखामा पर्दैनन्’ भन्ने पनि सुन्न पाइन्छ । यहि भीडमा एउटा बिल्कुलै मौलिक र मर्मश्पर्शी गीत सार्वजनिक भएको छ ।

    लोकप्रिय मोडल टिका जैशीको प्रस्तुतीमा ‘रुन लेखेको’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको हो । गीतमा लोकप्रिय गायिका पूर्णकला बिसी, राजु आरडी र उदीयमान गायक विनोद महतराको स्वर रहेको छ । राजु आरडीको मार्मिक शब्द रहेको गीतमा संगीत समेत आरडीले नै गरेका छन् । सुनिल परियारले एरेन्ज गरेको गीतलाई खडक बाजुरालीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

    गीतको शब्द, स्वर र संगीत सबै पक्ष उत्कृष्ट बनेको छ । सबैको कामले गीतको सुरमा सुगन्ध थपेको महशुष हुन्छ ।

    गीतको भिडियोमा बिनोद भण्डारी र टिका जैशीको अन्जु सुनारको जिवन्त अभिनय रहेको छ । अन्जु सुनारलाई पनि भिडियोमा छोटो तर विशेष रुपमा देख्न सकिन्छ । वियोगान्त प्रेमको कथालाई समेटिएको छ । माया हुँदाहुँदै पनि असमझदारीका कारण प्रेममा बिछोडिएको अवस्थालाई देखाइएको छ ।

    बिनोद भण्डारीद्धारा निर्देशित भिडियोमा वियोगान्त प्रेममा असमझदारी पश्चातको अवस्थालाई जीवन्त उतारिएको छ । असमझदारी पछिका मनोभावलाई भिडियोमा समेटिएको छ । दुर्गा पौडेलको छायांकन रहेको गीतको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका हुन् ।

    भिडियोलाई टिका जैशी युट्युब मार्फत हिजो सार्वजनिक गरिएको हो । गीत सार्वजनिक भएसँगै उत्साहजन भ्यूज मिलिरहेको छ । गीतको भिडियोलाई तारिफ गरिएका कमेन्ट छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु