मङ्सिर ८ मा प्रतिष्ठित गायिका ‘तीर्थकुमारी स्वर्णीम साँझ’ हुने

म्यूजिक खबर
प्रकाशित: २० कार्तिक २०८०, सोमबार

काठमाडौं । प्रतिष्ठित लोकगायिका तीर्थ कुमारी थापाको पहिलो एकल सांगीतिक साँझ हुने भएको छ । यही मङ्सिर ८ गते रास्ट्रीय नाचघर जमलमा ‘तीर्थ कुमारी स्वर्णिम साँझ २०८०’ हुने आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । अन्नपुर्ण चेम्बर अर्केस्टाले आयोजना गर्न लागेको कार्यक्रमको काठमान्डौ प्रज्ञा कुञ्ज स्कुल र तुलसी भक्त कन्ट्रक्सन प्रा.लि. सह आयोजक रहेका छन् ।

५ दशक भन्दा बढी समयदेखि नेपाली लोकगीतमा निरन्तर लागिरहनु भएकी लोकगायिका थापा पहिलोपटक एकल सांगीतिक साँझ मार्फत गुञ्जिन लाग्नु भएको हो । कार्यक्रमा गायिका थापाले ‘म त खादिन कुवाँको पानी हो, ढुङ्गे बगर माया, झम्के फूली नाकैमा बुलाकी, उकालीमा पनि हजुर मोटर जादो रैछ, बारीको डिलमा ओखरबोट, माछी मार न हे दाई हो, दाइ कहाँको’ लगायतका २ दर्जन जति गीतहरु प्रस्तुत गर्दैछिन्
। कार्यक्रममा प्रवेशका लागि एक हजार, पन्ध्र सय र दुई हजार रुपैयाँको टिकट राखिएको छ ।

पत्रकार सम्मेलनमा प्रतिष्ठित लोकगायिका थापाले कार्यक्रमका लागि अन्नपुर्ण चेम्बर अर्केस्टा, काठमान्डौ प्रज्ञा कुञ्ज स्कुल र तुलसी भक्त कन्ट्रक्सन प्रालि संग सहकार्य गर्न पाउँदा आफु खुसी रहेको बताउनु भयो ।
गायिका थापाको छोरा तथा सङ्गीतकार सुरज थापाले एकल साँझलाई भव्य बनाउन कुनै कसर बाँकी नराख्ने जानकारी दिनुभयो । ‘आमाको सपना थियो, यसलाई पुरा गर्न पाउँदाको खुशी शब्दमा व्यक्त गर्न सक्दिन । हामीले युगल गायनमा आमासँग गाउन सक्ने पुराना गायक नै प्रस्तुत गर्नेछौँ । बाँकी केहीमा मैले पनि साथ दिनेछु’, गायक थापाले भन्नुभयो ।

२०२८ सालमा रेडियो नेपालमा गीत रेकर्डिङ गरेर गायन र संगीत यात्राको थालनी गर्नु भएकी गायिका थापाको हालसम्म एक हजार भन्दा बढी गीतहरु रेकर्ड भैसकेका छन्।
विभिन्न सामाजिक सेवाको सहयोगार्थ थुप्रै पटक सांगीतिक कार्यक्रमहरूमा आफ्नो गायन प्रस्तुत गरिसक्नु भएकी गायिका थापा प्रबल गोरखा दक्षिणबाहू मानपदवी २०५७, वीरेन्द्र ऐश्वर्य सेवा पदक २०५८ लगायत दर्जनौ सम्मान, पदक, म्यूजिक खबर लाइफटाइम अचिभमेन्ट अवार्ड लगायतका सम्मान र पुरस्कारहरू प्राप्त गरिसक्नु भएको छ । ‘तीर्थ कुमारी स्वर्णिम साँझ २०८० ु कार्यक्रम सामाजिक सशक्तीकरण, सामाजिक जिम्मेवारी र सांस्कृतिक प्रवर्द्धनमा समेत प्रेरणा दिन सहयोग पुग्ने अपेक्षा रहेको आयोजकले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु