गीतकार/संगीतकार येदीन गजमेरको भजन एल्बम ‘मेरो प्राणनाथ भाग-२’ अमेरिकामा बिमोचन: भिडियो सहित |

म्यूजिक खबर
प्रकाशित: १९ मंसिर २०७५, बुधबार

अमेरिका | अमेरिकामा रहेर पनी नेपाली गीत संगीतलाई असाध्यै मायाँ गर्ने गीतकार/ संगीतकार गजमेरले आफ्नो एकल रचनामा ‘मेरो प्राणनाथ भाग-२’ एल्बम बजारमा ल्याएका छन् | गत बर्ष उनले (मेरो प्राणनाथ भाग १) बजारमा ल्याएका थिए उक्त एल्बमका भजन गीतहरुले राम्रै चर्चा कमाएपछि हौशिएका गीतकार/ संगीतकार गजमेरले अहिले ‘मेरो प्राणनाथ भाग-२’ बजारमा ल्याएका हुन् |

प्रख्यात धर्म गुरुहरु तथा आफ्ना मातापिता’का बिचमा अमेरीकामा विमोचित भएको एल्बम (मेरो प्राणनाथ भाग २) लाई प्रख्यात धर्मगुरु आफ्ना मातापिता, संगीतकर्मी, मिडियाकर्मीका माझ गीतकार/ संगीतकार येदिन गजमेरले मर्मस्पर्शी शब्द रचना,भक्तिमय एवं आत्मालाई आफ्नो एक मात्र प्रियतम परमात्मा संग मिलाउने उद्देश्यका साथ् भावपूर्ण भक्तिभावले ओतप्रोत दिव्य प्रेमरसले विभोर गराउने अति सुन्दर भजनहरुको समष्टिगत (मेरो प्राणनाथ भाग-२)हिंजो गएको शनिबार अमेरिकामा बिमोचन गरेका हुन् | उक्त बिमोचन कार्यक्रम,मा बोल्दै उनले भने |

श्री प्राणनाथ कुनै सांसारिक व्यक्तिको नाम नभएर समस्त चराचर प्राणीहरुका एक मात्र मालीक हुन | तथा त्रिदेवादी -ब्रम्हा ,विष्णु र शंकर ,आदिनारायण एवं समस्त पैगंमर,तीर्थंकर-अवतारहरुले पनि यस २८औ कलियुगमा श्री प्राणनाथजीको आगमनको प्रतीक्षा अखंड मुक्तिका लागि गरिरहेका थिए । तसर्थ सबैलाई दिव्य तारतम ज्ञान द्वारा सबै धर्म ग्रन्थहरुको भेद खोलेर अखंड मुक्ति दिन आई सक्नु भएकोछ मेरो प्राणनाथ ,तपाइको प्राणनाथ र हामी सबैको प्राणनाथ। आउनुहोस मेरो प्राणनाथको भजन श्रवण गर्दै दिव्य प्रेम रंगमा रंगीदै आफ्नो मूल लक्ष्यलाई (निजानंद)प्राप्त गरौ भन्दै भजन प्रेमी संगीत प्रेमीहरुलाई आग्रह गरेका थिए |

मेरो प्राणनाथ भाग २ जम्मा ७ वटा गीत समाबेश छन् |सबै गीतमा संगीत यदीन गजमेर’कै रहेको छ | उक्त एल्बममा समाबेश भएका गीतहरुमा स्वर भने शिब परियार,स्वरुपराज ,अनुप रेग्मी ,विश्व नेपाली ,नरेन्द्र प्यासी ,बानीका प्रधान ,प्रबिशा अधिकारीको रहेको छ | येदीन गजमेर भजन मात्र नभई नेपाली आधुनिक गीतहरुलाई पनि संगीत गर्दै आईरहेका छन् पछिल्लो समय उनका शब्द संगीतमा गायक शिव परियार, ,स्वरूपराज आचार्य ,नरेन्द्र प्यासी,अनुप रेग्मी ,यम बराल, अनुष्का पाठक लगायतका गायक गायिका हरुले गाई सकेका छन् |

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु