
चितवन । पर्यटकीय नगरी सौराहका कलाप्रेमी युवा समूहको सक्रियतामा चलचित्र ‘तुरुपको दुक्का’ निर्माण हुने भएको छ । चितवनको रत्ननगर नगरपालिका वडा नं.८ मा रहेको चित्रसारी मन्दिरमा चलचित्रको शुभमूर्हत गर्दै समूहले निर्माण घोषणा गरेको हो ।
समसामयिक कथावस्तुमा आधारित चलचित्र ‘तुरुपको दुक्का’ मा चर्चित मोडल देव महतो, स्वस्तिका चौधरी, अजय चौधरी, बिकिस्मा चौधरी लगायतको अभिनय रहने भएको छ ।
बराली प्रोडक्शन व्यानरमा निर्माण हुने ‘तुरुपको दुक्का’मा हिरा चौधरीको निर्देशन रहने छ भने चितवन वरिपरी र मकवानपुरको विभिन्न रमणीय स्थानमा छायाँकन हुने निर्देशक चौधरीले बताए ।