• प्रणय दिवसमा गीतकार युवराज अधिकारीको ‘तिम्रो प्रित’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: ३ फाल्गुन २०८१, शनिबार

    काठमाडौं । प्रणय दिवस (भ्यालेन्टाइन्स् डे)को अवसर पारेर गीतकार युवराज अधिकारीले नयाँ गीत ‘तिम्रो प्रित’ सार्वजनिक गरेका छन् । गीतकार अधिकारीको शब्द रचना रहेको ‘तिम्रो प्रीत’ मा सुरजकुमार थापाको स्वर, संगीत र संगीत संयोजन रहेको छ । थापाको युट्युब च्यालनमा सार्वजनिक भएको गीतको भिडियोमा एक प्रेमिल जोडीको समधुर प्रेम सम्बन्धलाई प्रस्तुत गरिएको छ ।

    सुरजकुमार थापा र निहारिका थापाको अभिनय रहेको भिडियोलाई सविन गोदारले खिचेका हुन् । भिडियोको सम्पादन, रङ संयोजन र निर्देशन राजकुमारले गरेका हुन्।
    गीतकार युवराज अधिकारीका यसभन्दा अघि पनि एक्लै एक्लै, विहानीको शीत टेकेर, आँसु आफैं, देउरालीको फूल लगायतका दर्जनौं गीतहरु बजारमा आइसकेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु