कवि तथा गीतकार अधिकारी नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा नियुक्त

म्यूजिक खबर
प्रकाशित: १५ कार्तिक २०७८, सोमबार
Yubaraj Adhikari NAC

काठमाडौं । वरिष्ठ कवि तथा गीतकार युवराज अधिकारी नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा नियुक्त भएका छन् । सरकारले नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा अधिकारीलाई नियुक्त गरेको छ । कार्तिक ८ गते नै मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

बैठकले एयरलाइन्सका यसअघिका अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृत गर्दै अधिकारीलाई कार्यकारी अधिकारसहितको अध्यक्ष बनाइएको हो । अधिकारीले निगमबाटै केही वर्षअघि निर्देशक पदबाट अवकाश पाएका थिए । उनी उमेर हदका कारण सेवा निवृत्त भएका थिए ।
कवि तथा गीतकार अधिकारीका कविता संग्रह र गीतसंग्रह बजारमा प्रकाशित भएका छन् । जागिरबाट सेवा निवृत्त भएपछि उनको जीवनयात्रा कविता लेखन तथा गीतिलेखनमा सक्रिय थियो । विभिन्न पत्रपत्रिकामा कविता प्रकाशन तथा गीतहरु प्रकाशित हुनुका साथै गीतहरु रेकर्डको क्रम निरन्तर अघि बढिरहेको छ ।
म्यूजिक खबर परिवार कवि तथा गीतकार युवराज अधिकारीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु