दोहोरीले कब्जा गरिरहेको ट्रेन्डिङमा भिटेनको गीत कसरी प¥यो, जलाइएको झण्डा म्यूजिक नेपालकै हो त ?

म्यूजिक खबर
प्रकाशित: २८ जेष्ठ २०७६, मंगलवार

काठमाडौं । पछिल्लो समय सर्वत्र चर्चाको विषय बनेको दोहोरीले नेपाली गीतसंगीत क्षेत्रमा हिन्दी गीतलाई नै विस्तापित गरिदिएको अवस्था छ । यूट्यूबको ट्रेन्डिङमा कब्जा गर्नु मात्र होइन मेची महाकाली भित्र हुने विभिन्न मेला महोत्सव, विवाह, पार्टीहरुमा समेत नेपाली दोहोरी गीतले नै कब्जा गरिरहेको बेला ¥याप गीत ‘यस्तै हो नि ब्रो’ ट्रेन्डिङमा परेको छ । दुई चारदिन देखि २ नम्बर ट्रेन्डिङमा अड्डा जमाएको गीत १ नम्बरतिर जाला जस्तो देखिन्छ ।

भिटेनको ¥याप गीत हेर्दा युवा पुस्तालाई लक्षित गरिएको देखिन्छ । सुन्दै जाँदा कतै कतै सुन्न पनि नसकिने छाडा शब्द पनि प्रयोग गरिएको छ । ¥याप गीतमा गाँजा खाने, रक्सी खाने भन्ने कुराहरु सामान्य रुपमा लिइए पनि ३ मिनेट २२ सेकेन्ड पछि बोलिएका शब्दहरु अलि बढी छाडा नै देखिन्छ ।

केही समय अगाडि भिटेनको सिमसिमे पानी बोलको गीतमा म्यूजिक नेपालले स्ट्राइक गरेको थियो । त्यही इगो हो या अरु कुनै छ तर म्यूजिक नेपालको लोगो देखिने झण्डामा ‘म्यूजिक नेपा’ मात्रै राखेर झण्डामा आगो लगाइएको छ । झण्डा म्यूजिक नेपालकै भए पनि त्यहाँ लोगोमा थोरै केरमेट र नेपा मात्रै लेखेर सिम्बोलिक रुपमा जलाइएको देखिन्छ ।

जे होसु युवा पुस्तामा यतिखेर भिटेनको गीतले चर्चा परिचर्चा पाइरहेको देखिन्छ । भिडियो हेर्नुहोस्ः

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु