• ‘भ्वाइस किड्स’ चौंथो सिजनको कोचमा प्रमोद पक्का, खेमको सम्भावना र अन्य को ?

    म्यूजिक खबर
    प्रकाशित: २७ बैशाख २०८२, शनिबार

    काठमाडौं । ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजन भर्खरै सकिएको छ र भ्वाइसको टिम यतिबेला ‘भ्वाइस किड्स’ ल्याउने तयारीमा छ ।

    मे २० देखि ‘भ्वाइस किड्स’ चौंथो सिजनको ब्लाइन्ड अडिसनको छायांकन सुरु हुने तयारी भइरहेको छ । यो बीचमा कोचको रुपमा ‘भ्वाइस किड्स’मा प्रमोद कोचको रुपमा देखिने पक्का भएको छ ।

    स्रोतका अनुसार शोमा प्रमोदले निरन्तरता दिने भएका छन् भने मेलिना राई र खेम सेन्चुरी पनि कोचको रुपमा रहने सम्भावना छ । यद्यपि, यी कोचबारे औपचारिक घोषणा हुन बाँकी छ । अर्का एक कोच तय हुन बाँकी रहेको जनाइएको छ ।

    ‘भ्वाइस किड्स’को यो सिजनमा नेपाल, भारत र विभिन्न देशबाट समेत बालबालिकाले आवेदन दिएका छन् । ब्लाइन्ड अडिसनमा एकजना कोचको समूहमा १२ जना प्रतिस्पर्धी हुनेछन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु