• भ्वाइसकी गीता शर्मा र बालकृष्णको ‘चञ्चले मन’ को चर्चा

    म्यूजिक खबर
    प्रकाशित: १२ जेष्ठ २०७८, बुधबार
    gita-sharma balkrishna-neupane

    काठमाडौं । लामो समयदेखि अमेरिकामा बस्दै आएका गायक, गीतकार तथा संगीतकार हुन् बालकृष्ण न्यौपाने । परिवार सहित अमेरिकामा बस्दै आएका न्यौपाने आफ्नो निरन्तरको कामसँगसँगै संगीत सृजना गर्नमा अभ्यस्त हुँदै आएका छन् । हरेक वर्ष २ वा ३ वटा गीतको भिडियाृ बजारमा ल्याउँदै आएका गायक तथा संगीतकार न्यौपानलेले हालै बजारमा ल्याएको नयाँ गीत ‘चञ्चले मन’ को चर्चा सुरु भएको छ । जहाँ भ्वाइस अफ नेपाललबाट लोकप्रिय बन्न सफल गायिका गीता शर्मा र गायक बालकृष्णको स्वर सुन्न सकिन्छ ।

    फिल्मी शैलीमा तयार पारिएको प्रेम रोमान्सले भरिएको गीतको भिडियोको निर्देशन सिर्जन बरालले गरेका हुन् । जहाँ सुन्दरी पुजन घिमिरेसँग पुष्कर दाहालको गज्जबको लुकामारीलाई रोमान्टिक शैलीमा देखाइएको छ ।

    विष्णु अधिकारीको एरेन्ज रहेको गीतको छायांकन दीपक गिरीले गरेका हुन् भने सम्पादन र कलरिगं दुवै अमृत चापागाईले गरेका हुन् । बिके कृयशनबाट बजारमा आएको गीतको भिडियोको निर्माण दूर्गा धिमाल न्यौपानेले गरेकी हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु