भद्दा र नकरात्मक गीत गाउनेलाई कारवाही गर्न सरकारको चेतावनी, पक्राउ परे चर्चित ¥यापर भिटेन

म्यूजिक खबर
प्रकाशित: ७ कार्तिक २०७६, बिहीबार

काठमाडौं । चर्चित ¥यापरका रुपमा परिचित समिर घिसिङ ‘भिटेन’लाई प्रहरीले पक्राउ गरेको छ । भिटेनले केही समय अगाडि बजारमा ल्याएको गीतमा बोलिएको छाडा शब्दलाई लिएर पक्राउ गरिएको हो । गृहमन्त्रालयले गत मंगलबार मात्र सूचना जारी गर्दै भद्दा र छाडा नकारात्मक गीत गाउनेलाई कारवाही गर्ने बताएपछि सोही शृङ्खलामा भिटेन पक्राउ परेका हुन् । भिटेनलाई बिहीबार ललितपुरको जावलाखेलबाट पक्राउ गरिएको हो ।

उनको पछिल्लो गीत‘‘हामी यस्तै त हो नि ब्रो’ निकै चर्चित छ । सोही गीतमा प्रयोग भएका शब्दलाई लिएर भिटेनलाई पक्राउ गरिएको महाशाखाका एसएसपी सहकुलबहादुर थापाले जानकारी दिएका छन् । यसअघि ‘ह्याप्पी तिहार, चिसो बियर’ गीत गाएका दुर्गेश थापा पनि पक्राउ परेका थिए । तर, उनलाई युटुबमा राखेको गीत हटाउने र सार्वजनिक रुपमा माफी माग्ने सहमतिपछि सोही दिन रिहा भएका थिए । तर, भिटेनमाथि भने मुद्दा दर्ता गरी कानूनी कारबाही अघि बढाइने एसएसपी थापाले बताएका छन् ।

गएको मंगलबार मात्र गृह मन्त्रालयले भद्दा र नकरात्मक सन्देश दिने गीत गाउनेलाई कारबाही गर्ने चेतावनी दिएको थियो । पछिल्लो समय गीतसंगीतमा उछृंङ्गल बढ्दै गएको छ । त्यसैलाई मध्येनजर गर्दै प्रहरीले त्यस्ता गीत गाउने कलाकारलाई पक्राउ गर्न थालेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु