• कुबेर निर्देशित नेपाली वेव सिरिज ‘प्रेमादी’को ट्रेलर सार्वजनिक (भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: २० श्रावण २०७५, आईतवार ०५:०५

    श्रावण २०, काठमाडौं । नेपाली वेब सिरिज प्रेमादीको ट्रेलर सार्वजनिक भएको छ । कुबेर दंगालको निर्देशनमा निर्माण भइरहेको उक्त वेव सिरिजमा अमेरिकामा रहेको नेपाली विद्यार्थीहरुको भोगाई, माया, प्रेम, नेपाली संस्कृती र जीवनशैलीलाई देखाउन खोजिएको छ ।

    सिरिजमा सफल निरौला, नैना श्रेष्ठ, सुमन देबकोटा, रसिला ओझा, बिशाल थापा लगायतको मुख्य अभिनय रहेको छ। आशिष खनियाको कथा रहेको प्रेमादी लाई कमल पाण्डेले छायांकन गरेका हुन।


    अमेरिकाको टेक्सासमा छायांकन भएको सिरिज हरेक १५ दिनमा युट्युव च्यानलबाट सार्वजनिक गरिनेछ । निर्देशक दंगालका अनुसार र Imagina Creations च्यानलबाट सिरिज प्रशारण हुनेछ ।

    निर्देशक दंगाल बिगत १० वर्ष देखि नेपाली चलचित्र क्षेत्रमा काम गर्दै आएका छन् । उनले यस अघि क्याफे एक्सप्रेस, पाले दाई, दशैको भुत, लभ अ मिस्ट्री लगायत थुप्रै छोटो चलचित्रको सफल निर्देशन गरेका छन् ।

    हाल अमेरिकामा रहेका निर्देशक दंगाल नेपाली चलचित्र र विभिन्न इभेन्टको लागि काम गरिरहेका छन् । विभिन्न अन्तराष्ट्रि फिल्म मेकरहरुसँग मिलेर काम गर्ने योजनामा आफु रहेको उनी बताउँछन् ।

    ट्रेलर भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु