फेरी हुने भयो ‘योङ माइन्ड अवार्ड’

म्यूजिक खबर
प्रकाशित: २२ फाल्गुन २०७५, बुधबार

काठमाडौं । केही वर्ष अघि आयोजना भएको ‘योङ माइन्ड अवार्ड’ लामो समयको अन्तरालपछि पुनः दोस्रो संस्करण हुने भएको छ । २०१४ मा पहिलोपटक आयोजना भएको यस अवार्डले निरन्तरता पाउन सकेको थिएन तर लामो समयपछि पुनः दोस्रो चरणको अवार्ड गर्न लागिएको बताइएको छ । योङ माइन्डस् इन्टरटेनमेन्ट प्राली आयोजक रहेको अवार्डको उदेश्य नेपाली गीत, संगीत तथा त्यसका श्रष्टाहरुलाई सम्मान तथा पुरस्कृत गर्ने रहेको छ ।

आयोजक योङ माइन्डस् इन्टरटेनमेन्टले मंगलबार एक बिज्ञप्ती जारी गर्दै अवार्डका लागि आवेदन फाराम खुल्ला भएको जानकारी गराएको हो ।

बिज्ञाप्तीमा अवार्डका लागि कुनै शुल्क तिरेर र्फम भर्नु नपर्ने मात्र माइन्डस् इन्टरटेनमेन्टल कम्पनिको जिमेल youngmind2001@gmail.com आफ्नो श्रृजना र श्रष्ठाको नाम वा भिडियो भए युट्युव लिङ्क चैत्र मसान्त भित्र पठाउनु पर्ने प्रावधान आयोजकले राखेको छ । मेल पठाउदा आफुले प्रस्तिस्पर्धा गर्न चाहेको बिधाहरु पनि उल्लेख गर्नु पर्नेछ ।

प्रोत्साहन र जुरी अवार्ड सहित कुल ४५ बिधामा बितरण गरिने अवार्डमा २०७५ बैशाखदेखि फागुन मसान्तसम्म बजारमा आएका गीत संगीतले मात्र सहभागिता जनाउन सक्नेछन् ।

बिना फर्म र बिना पैसा अवार्डमा सहभागिता हुन सक्ने भएकोले गीत संगीतका श्रृजना र श्रष्ठाहरुको भिड लाग्ने आयोजकको अनुमान छ ।
बैशाखको दोस्रो साता उत्कृष्ट पाँच नोमिनिज सार्वजनिक कार्यक्रममा अवार्डको बितरण मिति पनि घोषणा गरिने आयोजक योङ माइन्डस् इन्टरटेनमेन्टका मुनाल शिशिर कोइरालाले बताए ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु