• अमर विरही एकल साँझ भव्य रुपमा सम्पन्न

    म्यूजिक खबर
    प्रकाशित: १ आश्विन २०७४, आईतवार

    १ असोज २०७४ काठमाडौं । वरिष्ठ लोकगायक अमर विरही गुरुङ एकल साँझ भव्य रुपमा सम्पन्न भएको छ । तमु (गुरुङ) कलाकार समाजको आयोजनामा भएको आयोजनामा अमर विरही गुरुङ एकल साँझमा दर्जनौं गीतसहित मौलिक कलासंस्कृति झल्कने नृत्य प्रस्तुत गरिएको थियो । हिजो शनिबार राजधानीको कमलादी स्थित प्रज्ञा भवनमा आयोजित एकल साँझमा गुरुङले ३९ सालबाट गाइएका गीतहरुलाई प्रस्तुत गरेका थिए । ६३ वसन्त पार गरिरहेका गुरुङले आफ्नो जीवनको पहिलो र अन्तिम एकल साँझका रुपमा भएको बताएका थिए । सलल बग्यो गण्डकी, गोर्खा कालिका, सेती दोभान, मौरी भुल्यो फुलको रसैमा, स्याउली पलाइछ, रेलीमाई लगायतका गीतहरु प्रस्तुत गरेका थिए । त्यस्तै गायनको बीचबीचमा घाटु, कौरा, ठाडो भाका, झ्याउरे लगायतका नृत्यहरु प्रस्तुत गरिएको थियो ।


    एकल साँझका प्रमुख अतिथि एवं सञ्चार सचिव महेन्द्रमान गुरुङले लोक गीतको संरक्षणको लागि यस्ता एकल साँझको आयोजना हुनपर्ने बताए । उनले भने– ‘तमु कलाकार समाजले अमर विरही एकल साँझ ग¥यो, यस कार्यलाई लोक तथा दोहोरी गीत प्रतिष्ठाने सहयोग ग¥यो, आगामी दिनमा पनि यी प्रयासहरु बढाउँदै जानुपर्छ, यसमा मेरो पूर्ण साथ छ ।’ त्यसैगरी समाजका अध्यक्ष राजु गुरुङले आफ्नो संस्थाको सल्लाहकार अमर विरही गुरुङको एकल साँझ गर्न पाउँदा खुशी लागेको बताउँदै गायक गुरुङ सम्पूर्ण नेपालीहरुको मनमुटुका गायक भएको बताएका थिए ।


    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रािष्ठानका संस्थापक अध्यक्ष समेत रहेका अमर विरही गरुङलाई प्रतिष्ठानको वर्तमान केन्द्रीय समितिले दुई लाख ५० हजार ५ सय ५५ रुपैयाँको मालाले सम्मानित गरेको थियो । त्यसपछि विभिन्न संघसंस्था, गुरुङ समाज, समाजसेवी व्यक्तित्वहरुबाट पनि सहयोग प्राप्त भएको थियो । नेपाल टेलिकमले प्रमुख प्रायोजन गरेको उक्त कार्यक्रमलाई नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । कार्यक्रम समाजका महासचिव गणेश गुरुङ र सदस्य सागर गुरुङले संचालन गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु