• ‘इनास युरोप’को प्रतिस्पर्धाका लागि डेनमार्कबाट कलाकार छनौट

    म्यूजिक खबर
    प्रकाशित: १ चैत्र २०७३, मंगलवार

    राजमान तामाङ


    चैत्र १, डेनमार्क । आगामी अप्रिल महिनाको १३ र १४ तारिकको दिन डेनमार्कको कोपन्हेगनमा आयोजना हुनलागेको पाँचौ युरोप स्तरीय कार्यक्रम अन्तर्गत पाँचौ एकल नृत्य र दोश्रो गायन प्रतियोगिताका लागि डेनमार्कले प्रतियोगी कलाकार छनौट गरिएको छ । गत फेब्रुवरी २६, २०१७ मा भएको अडिसनमा सहभागीहरु मध्ये गायन तर्फ शैलेश बि.क., सुदिप श्रेष्ठ र विश्व तामाङ्ग छनौट भएका छन् भने नृत्य तर्फ कोपिला शाक्य, आंचल सापकोटा र रेश्मा पौडेल छनौट भएको इनास डेनमार्कले जनाएको छ ।

    Kopenhegan

    निकै नै प्रतिष्पर्धा रहेको उक्त अडिशनमा गरिमा घले, नितिका नेपाल , नबिन तिम्सिना, शोभु के.सी., हरीप्रसाद न्यौपाने, कुसुम दाहाल लगायतका निर्णायक मण्डलले सहभागी कलाकारहरुको विधागत प्रस्तुतिहरुलाई एक मापदण्ड बनाई मूल्यांकन गरि छनौट गरेका थिए ।

    उक्त अडिसनमा समावेश भएर पनि छनौटमा पर्न नसकेका कलाकारहरुलाई समेत डेनमार्कले कार्यक्रममा प्रस्तुति गर्न दिने भएको बुझिएको छ । सबै कलाकारहरु निकै प्रतिभावान रहेको तर छनौटको लागि तोकिएको मापदण्डमा केहि तलमाथि परेका कारण छनौट हुन नसकेका कलाकारहरुलाई निराश नहुन आग्रह गरिएको छ ।

    आफ्नै देशमा पहिलो पटक आयोजना हुनलागेको बृहत कार्यक्रममा छनौट नभएका कलाकारहरुको इच्छा रहेमा सहभागी कलाकारको रुपमा भएपनि सामूहिक प्रस्तुती दिन सकिने इनास डेनमार्कले बनाएको छ ।

    audition

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु