गोपिकृण्ण चापागाई, काठमाडौं । मंसिर, काठमाडौं । पछिल्लो समय नेपाली बजारमा लोकगितले बजार तताईरहेको बेला अर्को एक लोकगितले पनि राम्रै चर्चा बटुल्दै छ । मायाप्रेमको प्रसंगलाई लिएर बनाइएको सुपारी म्युजिक प्रा.ली. द्धारा बजारमा आएको तिम्रै भलो एल्बममा रहेको उक्त गित यतिबेला बजारमा राम्रै सफलता बटुल्दै छ ।
लाल सहयात्री परियार र बिरेन्द्र कठायतले निमार्ण गर्नुभएको सो गितमा राजेन्द्र कंडेल र देवि घर्तिले स्वर दिनुभएको छ । त्यसतै लय सजय परियारको रहेको छ भने शब्द भने लाल सहयात्री परियार र बिरेन्द्र कठायतकै रहेको छ । सो लोकगित लाई प्रबिन भट्टको निर्देशन र करन चंसिरको छायांकन रहेको छ । गितमा महेन्द्र गौतम र रुपा कंडेलको अभिनय रहेको छ ।
गितमा माया गर्ने प्रेमी प्रेमीका एक अर्काको हुन नसक्दा मेरो नभएपनि तिमी सुखि रहनु यसैमा मेरो खुसिछ जस्ता शब्दको प्रयोग गरीएको छ ।