• देखिँदैछ कमलको लजालु रुप

    म्यूजिक खबर
    प्रकाशित: २१ चैत्र २०७३, सोमबार

    चैत २१, काठमाडौं । मानिससँग लुकेका धेरै प्रतिभा हुन्छन् । कोही गायनमा त कोही अभिनयमा तर कलासँग भने सबै सहकार्य गरिरहेका हुन्छन् । पत्रकारितामा लागेकाको लागि त झन् यो परिपूरकका रुपमा पनि देखिएको छ । पछिल्लो समय पत्रकारितामा लामो समय खर्चिसकेका गायक कमल श्रेष्ठको लजालु रुप सार्वजनिक भएको छ । साँच्चिकै लजालु स्वभावका कमल श्रेष्ठ संगीतको अध्ययनमा पनि निरन्तर सक्रिय छन् । संगीतका विद्यार्थी कमल पेशाले पत्रकारिता भए पनि आफ्नो गायनको प्रतिभालाई भने उजागर गर्न लजाइरहेका थिए । स्वरको माधुर्यतालाई लुकाएर पत्रकारितामा होमिएका थिए । अहिले उनी लजाउँदै लजाउँदै आफ्ना प्रतिभालाई उजागर गर्दैछन् ।

    Lajula-Rupa-02
    प्रभाव राष्ट्रिय दैनिकसँग आबद्ध सक्रिय सञ्चारकर्मी पनि रहेका श्रेष्ठको नयाँ म्युजिक भिडियो ‘लजालु रुप’ आइतबारबाट भाइब्स क्रिएसन मार्फत् सार्वजनिक गरिएको हो । आधुनीक गीत–संगीतमा राम्रै जमेका गायक श्रेष्ठले वैशाखको अन्तिमसम्ममा अर्को म्युजिक भिडियो पनि सार्वजनिक गर्ने जानकारी दिएका छन् । कलाकारिता र पत्रकारिताको दैनिकीमा व्यस्त रहेका श्रेष्ठको आइतबार सार्वजनिक भएको गीतको शब्द रमेश दाहालको र संगीत डेनी निरौलाको रहेको छ । भेनस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सो गीतलाई विक्रम कार्कीले एरेन्ज गरेका छन् ।

    lajalu-rup-07
    उक्त गीतको म्युजिक भिडियोमा अहिलेको चर्चित मोडल लीला गीरी र लालबहादुर ढेंगाको अभिनय रहेको छ भने भिडियोको निर्देशन ह्यारी कट्टेलले गरेका छन् । अभिषेक माझीले छायांकन गरेको उक्त गीतको भिडियोलाई विश्व भण्डारीले सम्पादन गरेका हुन् ।
    पूर्वेली लोकलयलाई पछ्याउँदै आधुनिक धारमा तयार भएको उक्त गीतले विशेषगरी तन्नेरी पुस्ताको ध्यान तान्ने र सवैको मन जित्नेमा गायक आशावादी रहेको बताउँछन् । लजालु रुपसँगै एल्बमका ६ वटा गीतहरु सबै तयार भएको गायक श्रेष्ठले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु