
काठमाडौं । बिबाहित महिलाहरुबिचको सौन्दर्य प्रतियोगितालाई आप्mनो संस्थाकै महत्वपूर्ण प्रतियोगिताको रुपमा प्रस्तुत गर्दै आएको एएनपी मिडिया हाउस, ललितपुरले हरेक वर्ष झैं यस वर्ष पनि मिसेस नेपाल आइकन–२०१७ आयोजना गर्ने भएको छ ।
आयोजक एएनपी मिडिया हाउसका प्रवन्ध निर्देशक लबबहादुर कार्कीका अनुसार बिबाहित महिलाहरुलाई चुलो चौकोमा सिमित नभई उनीहरुको दायरा विस्तार र समाजप्रतिको थप जिम्मेवारीबोधका लागि प्रोत्साहित गर्ने उद्येश्यले चौथो संस्करणको मिसेस नेपाल आइकन–२०१७ आयोजना गर्न लागिएको हो। प्रतियोगिताबाट बिबाहित महिलाहरुको आत्मविश्वार र व्यक्तित्व विकासमा सघाउन पु¥याउने विश्वास पनि उनले व्यक्त गरे ।
मिसेस नेपाल आइकन–२०१७ प्रतियोगितामा राजधानीका विभिन्न स्थानमा बस्दै आएका विविध पेशाकर्मी तथा गृहीणीहरु अस्मीता बयलकोटी, सोनु मल्ल खाँण, सुमीना श्रेष्ठ, मीनु पाण्डे, रचना श्रेष्ठ, ममता महर्जन श्रेष्ठ, जयन्ती श्रेष्ठ उप्रेती, पार्वती केसी शाही, दिब्या पौडेल, आरोही बिके दुलाल, सुजना श्रेष्ठ, बीना बराल प्याकुरेल, रमा महर्जन, सबीता पाख्रीन, सनिसा राई गुरुङ, समृद्धी सुब्बा, अन्जना लिम्बु राई, शिल्पा बस्नेत, हिरा बास्तेला, बिमला बिके, सन्ध्या शाही, अप्सरा खड्का अधिकारी, तारा ओली, सुस्मता बुढाथोकी, लक्ष्मी नगरकोटी, सुष्मा बिश्वकर्मा, बर्षा कार्की, सुमीन केसी, अन्जता खाती क्षत्री, संगिता भट्टराई दाहाल, सुभद्रा मैनाली ढुंगेल, सरला केसी, श्रृजना शाक्य, सरीता लामा र सोनी श्रेष्ठ अन्तिम स्पर्धाका लागि छानिएको कार्यक्रम संयोजक शम्भुप्रसाद रेग्मीले जानकारी गराए ।
कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफी तथा कार्यक्रम सञ्चालनमा हुने प्रतियोगिता आगामी श्रावण ८ गते आइतबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघर सम्पन्न हुनेछ। प्रतियोगितालाई काष्ठमण्डप टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ। प्रतियोगिताका सहभागी महिलाहरुलाई विभिन्न क्षेत्रका विज्ञहरुले प्रतिभा र व्यक्तित्व विकास, कुशल बोलीचाली अभ्यास, नेतृत्व क्षमता अभिवृद्धि तालिम, रिस र समय व्यवस्थापन तथा स्टेज प्रस्तुतिसम्बन्धि प्रशिक्ष प्रदान गरिईरहेको आयोजक लबबहादुर कार्कीले जानकारी गराए ।