
माघ १०, काठमाडौं । गायिका श्रेया सोताङको ‘मनचरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका सोताङको एल्बम प्रेलुडमा समावेश गरिएको उक्त गीतलाई कल्याण सिंहले संगीत दिएका छन्।
रवि मल्लको शब्द रहेको उक्त गीतलाई गोपाल रसाइलीले एरेन्ज गरेका हुन् । गीतको भिडियोलाई धिरज जंग शाहले खिचेका छन् भने विकास धमालाले सम्पादन गरेका छन्।
राजिव समरको कोरियोग्राफी रहेको गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन्।
भिडियो हेर्नुहोस् :