फागुन २६, काठमाण्डौ । चर्चित राष्ट्रिय कलाकारको साथमा हङकङमा सांगीतिक धमाका हुने भएको छ । चर्चित गायक तथा संगीतकार रमेशराज भट्टराई, मोडल रश्मी तामाङ, गायिका कोपिला गुरुङ, चिजा तामाङ लगायतका कलाकारहरु सांगीतिक प्रस्तुतीका लागि हङकङ प्रस्थान गरेका छन् ।
सरिता गुरुङ फाउन्डेसनको सहयोगार्थ हङकङको याक एण्ड यति रेष्टुरेण्टमा ११ मार्च २०१७ मा हुने कार्यक्रममा कलाकारको दोहोरी सहितको दमदार प्रस्तुती समेत रहने बताइएको छ । खुशी गुरुङको आयोजनामा तथा युनिटी क्लब हङकङका सचिव प्रकाश गुरुङको प्रायोजनमा हुने उक्त कार्यक्रम ८ बजे बेलुकी शुरु हुने स्रोतले बताएको छ ।