
५ असार, काठमाडौं । सेढाई जी कामदारको शब्द एवं रामचन्द्र अञ्जानको संगीत रहेको हिमालको छोरी हुँ सार्वजनिक भएको छ ।
गायिका बबिता सिटौलाको स्वरमा सजिएको गीति एल्बम ‘विहानी’को भिडियो सार्वजनिक भएको छ । ललितपुरको दमकलस्थित कलानिधी संगीत महाविद्यालयमा आयोजित कार्यक्रममा बरिष्ठ संगीतकार धन बहादुर गोपालीको हातबाट सार्वजनिक गरिएको हो ।
आठवटा गीत समावेश गरिएको एल्बममा रहेको राष्ट्रिय भावको गीत ‘हिमालकी छोरी हुँ म’ को भिडियोलाई सार्वजनिक गरिएको हो । एल्बममा पराईको भयौँ तिमी, आकाश भन्दा ठुलो मन, सुख पाए सबैको हाई हाई, धेरै सहेँ धेरै भोगे, आकाश छुन लम्किरहे, हाकुसाँ माकुरे र दिल भयल दिवाना जस्ता गीत रहेका छन् ।
‘हिमालकी छोरी हुँ म’कोभिडियोको निर्देशन राजु गिरीले गरेका हुन् भने जीवन पराजुलीले छायाँकन गरेका छन् । भिडियोमा नायिका शुभेच्छा थापाले अभिनय गरेकी छन् ।
कार्यक्रममा गायीका सिटौलाले ल्याएको राष्ट्रिय गितमा राष्ट्रको माया र सद्धभावलाई मुख्य विषय बनाएर भिडियो बनाइएको बताइन । सो कार्यक्रममा एल्बमलाई सफलतापुर्वक लैजान सहयोग गरेका सहयोगीलाई मायाको चिनो प्रदान गरिएको थियो भने सहभागीहरुले गायीका सिटौलाको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।