
काठमाडौं, २८ असोज । हरियो डाँडा माथि हलो जोत्ने साथी
हो हो माले हो हो हो तारे हो
जुन गीतले किसानहरुको प्रतिनिधित्व गर्दै लोकसंगीतमा चर्चा कमाएको थियो । कृषिप्रधान देशको एउटा गायक जो सधैं चर्चाकै शिखरमा रहे, जीवन्त लोकसंगीत दिए तर आज उनी यस धर्तीबाट सदाका लागि विदा भए । उनको भौतिक शरीरले विदा लिए पनि उनका सिर्जनाले भने हामीलाई सदैव ब्यूँझाइरहनेछ । अमर सिर्जनाका धनी गायक, जनकविकेशरी धर्मराज थापाको आज स्वयम्भूस्थित निवासमा निधन भएको छ ।
जनताका गीत गाए बापत तत्कालिन राजा महेन्द्रबाट ‘जनकविकेशरी’को उपाधि पाएका थापाले राज्यद्वारा पटक पटक जेल समेत परेका थिए । जनताको गीत गाएर जनतालाई नै सुसूचित गराउने गायक थापा वि.स. १९८१ साल साउनमा पोखराको बाटुलेचौरमा जन्मिएका हुन् । थापाले प्रजातन्त्रको मिर्मिरे २००७ मा प्रजातन्त्रको काफल पाक्यो बरीलै, हरियोडाँडा माथि हलो जोत्ने साथी, हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा, आज मादल बजेको किन गाउँबेसी दुनियाँ ब्यूँझाउन, धुरुधुरु नरोऊ आमा तिम्रो आँसु पुछेर छाडौंला, घर सम्झी रोएको होला डाँडाकाटी गएको नेपालीलगायतका सयौ गीत गाएर नेपाली जनतालाई उर्जा दिएका थिए ।
थापाले जीवनमा १०० भन्दा बढी गीत गाएका उनी मदन पुरष्कार गुठीले २०२५ सालको साहित्यतर्फको मदन पुरष्कार धर्मराज थापाको ‘मालती मङ्गले’ काव्यलाई प्रदान गरेको थियो भने २०५७ सालमा गुठीले जगदम्बा श्री पुरष्कार ‘जनकवि केसरी’ धर्मराज थापालाई प्रदान गरेको थियो । म्यूजिक खबर परिवार थापाप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।
थापाको चर्चित गीतहरु ः