कार्तिक १५ मा विन्दास–२

म्यूजिक खबर
प्रकाशित: ४ कार्तिक २०७०, सोमबार

ग्ल्यामर चलचित्रको निर्देशन गर्दै आएका राजु गिरीले निर्देशन गरेको पछिल्लो चलचित्र विन्दास–२ अब यही कार्तिक १५ गतेबाट प्रदर्शनमा आउन लागेको छ । गिरीले निर्देशन गरेका चलचित्र रक्षा, विन्दास र विन्दास–२ सन्देशमूलक भए पनि ग्ल्यामरता भने भरपूर हुने गरेको पाइन्छ । चलचित्र एकातिर सन्देशमूलक र अर्कोतिर ग्ल्यामर बनाइरहे पनि संगीततर्फ भने विशेष ध्यान दिने गरेको पाइन्छ । संगीतकार अर्जुन पोखरेलले संगीत दिएको चलचित्र विन्दासमा जस्तो संगीत पक्षले सफलता पाएको थियो त्यस्तै विन्दास–२ मा पनि संगीतको सफलता मिलेको छ । सिआरबिटी डाउनलोडमा समेत अग्रपंक्तिमा रहेको छ । विन्दासमा बाटो मोडेर गयौले जति सफलता पाएको थियो त्योभन्दा धेरै विन्दास–२ को गीत तिमीले मलाई भुल्नै आँटेकी छौ रे बोलको गीतले पाएको छ । राम अबिरलको शब्दमा रहेको उक्त गीत अहिले सिआरबीटी डाउनलोड मात्र नभएर चर्चाको शिखरमा नै रहेको संगीतकार अर्जुन पोखरेलको दाबी छ । जसरी गीतसंगीतले सफलता पाएको छ त्यसैगरी चलचित्रले पनि सफलता पाउनेमा आफू ढुक्क रहेको निर्देशक गिरी बताउँछन् ।
विन्दास चलचित्रको सफलतापछि हौसिएर विन्दासको सिक्वेल २ निर्माण गरेका मधुकुमार श्रेष्ठको चलचित्र विन्दास–२ लाई पिजी (अभिभावकको रोहवरमा) सर्टिफिकेट मिलेको छ । कार्तिक १५ गते रिलिज डेट घोषणा गरेको चलचित्र विन्दास २ ले पुरानै कलाकारहरुको निरन्तरतामा सुशान्त कार्की र सुषमा कार्कीलाई दोहो¥याएको छ भने जीवन लुइँटेलको पनि सशक्त अभिनय रहेको छ । समाजिक कथावस्तुमा आधारित रहेर निर्माण गरिएको चलचित्र विन्दास २ ले विन्दास चलचित्रले जस्तै सफलता प्राप्त गर्ने निर्देशकको दाबी रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु