दिपीकाले आज ३१ औं जन्मदिन मनाउँदै

म्यूजिक खबर
प्रकाशित: २१ पुष २०७३, बिहीबार

पौष, २१ । बलिउडकी चर्चित नायिका दिपीका पादुकोणले थुप्रै हिट सिनेमा दिएर लोकप्रिय बनेकी छिन् । उनले ‘चेन्नई एक्सप्रेस’, ‘ह्याप्पी न्यू इयर’, ‘ककटेल, ए जवानी हे दिवानी’, ‘रामलिला’, ‘पीकू, ‘तमाशा’, ‘बाजिराओ मस्तानी’ लगायतका सफल चलचित्रमार्फत आफ्नो अभिनय कला देखाइसकेकी छिन् ।dipika-padukoneनिकै नै सफल चलचित्रमा काम गरेर सफल अभिनेत्रीको परिचय बनाएकी दिपीकाले आज आफ्नौ ३१ औं जन्मदिन मनाइरहेकी छिन् । सन् १९८६ जनवरी ५ मा डेनमार्कको कोपेनहेगनमा जन्मिएकी दिपीकाले चलचित्र ‘ओम शान्ती ओम’ बाट सिनेनगरीमा प्रवेश गरेकी हुन् । दीपिकाले हलिउड चलचित्रमा समेत अभिनय गरेकी छिन् । दिपीका बलिउडमा आउनु अगाडि मोडलिङ र ब्याडमिन्टमा व्यस्त थिइन् ।

– एजेन्सी

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु