बहराईनमा सांस्कृतिक साँझ-२०१६ हुँदै (निम्तो भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २५ फाल्गुन २०७२, मंगलवार

पछिल्लो समयमा देश तथा विदेशमा विभिन्न सांगीतिक तथा सांस्कृतिक कन्सर्टहरुको आयोजना प्रशस्त मात्रामा भएको पाइन्छ । अन्तराष्ट्रिय दिवस तथा चाडहरुे तथा स्वदेशी विशेष पर्वहरुको अवसरमा खुशियालीमनाउन यस्ता कार्यक्रमरुको आयोजना गरिने चलन छ । यस्तै पछिल्लो समयमा बहराईनमा पनि एक सांगीतिक कन्सर्टको आयोजना हुँदैछ ।
नेपाली नववर्ष २०७३ को आगमन हुन केहि दिन बाँकी रहँदा बहराईनमा ‘सांस्कृतिक साँझ २०१६’को आयोजना गरिने भएकोे छ । नववर्ष २०७३ लाई स्वागत तथा शुभकामना आदानप्रदान गर्ने उदेश्यले अन्तराष्ट्रिय कलाकार मञ्चको आयोजनामा कार्यक्रमको आयोजना गर्न गरिएको हो । २०७२ साल चैत्र १९ गते तदनुसार २०१६ अप्रिल–१ मा आयोजना हुने भनिएको उक्त कार्यक्रम भव्य तथा सभ्यरुपले सम्पन्न हुनेमा पनि आयोजक ढुक्क रहेको बताउँछन् ।

TULSI_SIWAKOTI

बहराईनको मनमा शहर अवस्थित डेल्मन इन्टरनेशनल होटलमा आयोजना हुने उक्त कार्यक्रममा नेपालका राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकको दाबी छ । कार्यक्रममा चर्चित गायक हिमाल सागर, चर्चित लोकगायिका देबि घर्तिमगर, त्यस्तै प्रवासी भूमिमा रहेर पनि सांगीतिक पथमा हिंडेका र आफ्नो छोटो सांगीतिक यात्रामा उच्च सफलता पाएका गायक तुलसी सिवाकोटी र प्रलय चौंलागाईं जस्ता राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिने छन् ।
साथै कार्यक्रमा उपस्थित भई कार्यक्रमको शोभा बढाउन तथा आफ्नो सांगीतिक करियरलाई हौसला दिनका लागि कलाकारहरुले निमन्त्रणा पनि गरेका छन् ।

हेर्नुहोस निम्तो सहितको भिडियो प्रोमो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु