‘मनाङ्गे नानी’को ट्रेलर सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २४ बैशाख २०७५, सोमबार

 

 

फिल्म ‘मनाङ्गे नानी’ को ट्रेलर सार्वजनिक भएको छ । माया, प्रेम, द्वन्दलाई प्रस्तुत गरिएको फिल्मको ट्रेलर युट्युब मार्फत सार्वजनिक गरिएको हो । निकै मनोरम दृश्यहरु समाबेश भएको ट्रेलरमा फिल्मका सबै जसो कलाकारहरु प्रस्तुत छन् ।

 

नेपालका मनोरम पर्यटकीय ठाँउ मनाङको तिलिचो तालको वरिपरि फिल्मको छायांकन गरिएकोले पनि फिल्म हेर्न लायक बनेको अनुमान लगाउँन सकिन्छ । फिल्मले बैशाख २८ बाट अलनेपाल सार्वजनिक प्रदर्शनको तयारी गरेको छ ।

 

यसअघि ‘चिनो’ र ‘तिमि बिनाको जिबन’ मा नायकको रुपमा अभिनय गरिसकेका नायक भिम गुरुङसंगै फिल्ममा शान्ती गुरुङ, कुशल गुरुङ, रिया गुरुङ, जेनिशा गुरुङ र खुसि गुरुङको अभिनय रहेको छ । फिल्मकोे छायांकन ७० प्रतिशत भन्दा बढी मनाङका रमणिय स्थानहरुमा भएका हो ।

खुस बहादुर गुरुङको कथा, पटकथा, गीत, संगीत र निर्देशन रहेको छ । श्रीकृष्ण फुयालको छायांकन रहेको फिल्ममा जनक गुरुङको द्वन्द छ । गौतम गुरुङ, सोल बहादुर गुरुङ, भिम राज गुरुङ र टिकामाया गुरुङ ले संयुक्त रुपमा फिल्म निर्माण गरेका हुन् । सुबास गुरुङ, मनाङ गुरुङ ,ओमन गुरुङको नृत्य निर्देशन रहेको फिल्ममा प्रकाश गुरुङ, मदन गुरुङ, सुकराज गुरुङ र तिलु गुरुङ कार्यकारी निर्माताका रुपमा रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु