रेखा र जीवन उत्कृष्ट, रिदमले बाजी मा-यो

म्यूजिक खबर
प्रकाशित: ११ कार्तिक २०७०, सोमबार

काठमाडौं । आइतबार भएको एचटीभी फिल्मीखबर डि सिने अवार्डमा रेखा थापा र जीवन लुइँटेल उत्कृष्ट अभिनेत्री र अभिनेताको अवार्ड चुम्न सफल भए भने चलचित्र रिदमले उत्कृष्ट चलचित्रको रुपमा बाजी मा¥यो । प्राय रेखा थापाले खेलेका फिल्महरुमा हिरो ओझेलमा पर्ने र रेखा नै हिरोका रुपमा देखिने भएका कारण उनको अभिनय यात्राले प्रत्येक अवार्डहरु चुमिरहेकै हुन्छ । त्यही श्रृंखलालाई जारी राख्दै रेखा थापाले एचटीभी फिल्मीखबर डी सिने अवार्ड २०७० पनि हात पार्न सफल भइहन् । त्यसैगरी पछिल्लो समयमा राम्रा, भद्र र मिलनसार नायकका रुपमा देखिँदै आएका जीवन लुइँटेलले पनि अवार्डहरु चुम्न थालेका छन् । उक्त कार्यक्रममा रेखाले चलचित्र ”लंका” र जीवनले चलचित्र ”नोटबुक” बाट अवार्ड चुमेका हुन् ।
२६ विधामा वितरित अवार्डमा फिल्म ”रिदम” ले फिल्मसहित सर्वाधिक ६ विधा (निर्देशक, पटकथा, सहअभिनेता, गीतकार, चलचित्र र बालकलाकार) अवार्ड जित्यो । रिदमबाट विकास आचार्यले निर्देशक र पटकथाबाट अवार्ड हात पारे भने विल्सनविक्रम राई सहअभिनेता, अनुभव रेग्मी बालकलाकार र कृष्णहरि बराल गीतकारमा उत्कृष्ट भए । सहअभिनेत्रीमा करिश्मा मानन्धरले जित्दा उनै अभिनीत ”मायाज बार” ले छायाँकारमा पुरुषोत्तम प्रधान, नवनायक गजित विष्ट र पाश्र्व संगीतमा एलिस कार्कीले अवार्ड पाए । नवनायिका अवार्डमा ”युज” फिल्मकी सीमा केसीले अवार्ड चुम्न सफल भइन् । उनले ”मञ्जरी” की सुजाता कोइराला, ”थ्री लभर्स” की प्रियंका कार्की, ”समय” की सुरभी जैन र ”के म तिम्रो साथी बन्न सक्छु” की दीप्ति गिरीलाई पछाडि पार्दै अवार्ड चुम्न सफल भएकी हुन् । नवनिर्देशक अवार्ड ”अन्तराल” बाट दीपा बस्नेतले चुम्न सफल भइन् ।
त्यसैगरी खलपात्रमा ”फेसबुक”की झरना थापा र चरित्र अभिनेतामा टीका पहारी ”मञ्जरी” बाट विजयी बने । कथाका लागि नोटबुक चलचित्रबाट योगेश घिमिरेलाई अवार्ड प्रदान गरियो भने ”नोटबुक” बाटै संवादमा शिवम् अधिकारी र ”गाला रातै…” गीतका गायक र गायिका प्रल्हाद तिमिल्सिना र मिलन अमात्य पनि अवार्डका हकदार ठहरिए । संगीत विधाका लागि भने ”मेरो जीवनसाथी” बाट अर्जुन पोखरेलले अवार्ड थापे । नृत्य निर्देशक शंकर बिसी, द्वन्द्व निर्देशक चन्द्र पन्त, ध्वनि मिश्रण मनोज राजभण्डारी र शृंगारमा नीमा लामाले अवार्ड चुमेका थिए ।
त्यस्तै क्रिटिक्स अवार्डबाट अभिनेता अर्पण थापा र अभिनेत्री निशा अधिकारीलाई अवार्ड प्रदान गरियो भने क्रिटिक्स अवार्ड निर्देशकमा ”मायाज बार” का दिनेश डीसीले अवार्ड थापे । जुरी अवार्ड जापानी निर्देशक डा. तोसिआकी इतोहले निर्देशन गरेको पारिजातको साहित्यिक कृतिमा आधारित चलचित्र ”शिरीषको फूल” लाई प्रदान गरियो भने पब्लिक च्वाइस अवार्ड भने ”मञ्जरी” का नायक गौरव पहारीले प्राप्त गर्न सफल भए ।

gajit
अवार्ड अमूल कार्की ढलीको समूहको वाद्यवादनबाट उद्घाटन गरिएको थियो भने गजित विष्ट समूह, रवि कार्की र रिस्ता बस्नेत समूह, एनी कुँवर समूहले नृत्य प्रस्तुत गरेका थिए । गायक प्रल्हाद तिमिल्सिना र गायिका मिलन अमात्यले स्लोली स्लोली गीत प्रस्तुत गरेका थिए भने गायक सोनुप पौडेलको पनि सांगीतिक प्रस्तुति रहेको थियो । त्यसैगरी हाँस्यकलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको ब्यंग्यात्मक प्रस्तुतिले पनि अवार्डलाई रोचकता थपेको थियो भने हाँस्य कविका रुपमा परिचित भएका कवि शैलेन्द्र सिंखडाको हाँस्य कविताले पनि दर्शकदीर्घामा मनोरञ्जन दिलाएको थियो । अवार्डमा डिजिटल फम्र्याटमा निर्माण भएका ५१ चलचित्रको सहभागीता रहेको थियो भने लेखक र निर्देशक मोहन निरौला, चलचित्र पत्रकार एवं निर्देशक विजयरत्न तुलाधर, संगीतकार सन्तोष श्रेष्ठ र महिला छायाँकार सबनम मुखियासहितको चार सदस्यीय निर्णायक मण्डलले उत्कृष्टताको छनोट गरेका थिए ।
त्यसैगरी नेपालमा पहिलोपटक थ्री डी चलचित्र निर्माण एवं निर्देशन गर्न सफल भएका निर्देशक दीपेन्द्र के.खनाललाई स्टार एफएम इन्करेजमेन्ट अवार्डबाट सम्मान गरियो भने अभिनेत्री शर्मिला मल्ल र अभिनेता मदनदास श्रेष्ठलाई चलचित्र रजत सम्मानबाट सम्मानित गरियो । मल्ल र श्रेष्ठले विगत २५ वर्षभन्दा बढी चलचित्र उद्योगमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले जानकारी दिए । त्यस्तै लामो समयसम्म चलचित्र पत्रकारिता गरेवापत चलचित्र पत्रकार राजन घिमिरेलाई पा“च हजार पा“च सय ५५ रुपैया“सहितको छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । छायाछवि क्रियसनको आयोजनामा प्रत्येक वर्ष निर्माण भएका डिजिटल चलचित्रहरुलाई सहभागी गराएर सम्मान गरिँदै आएको यो पाँचौं संस्करण हो । अवार्ड कार्यक्रममा दिनेश डिसी, दीपकराज गिरी, राज श्रेष्ठ र शुष्मा श्रेष्ठले तीन भागमा संचालन गरेका थिए । अवार्डमा चेतन कार्की, यादव खरेल, नारायण रायमाझी, कृष्ण मल्ल, भुवन केसी, शिव श्रेष्ठ, बसुन्धरा भुसाल, भुवन चन्द, चैत्यदेवी सिंह लगायतका चर्चित कलाकारहरुको उपस्थिति रहेको थियो ।

suman bairagi

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु