विन्दासको अडियो सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १४ कार्तिक २०७०, बिहीबार

कार्तिक १५ गते शुक्रबारबाट अल नेपाल रिलिज हुन लागेको फिल्म ‘विन्दास २’ को संगीत बुधबार राजधानीमा सार्वजनिक गरिएको छ । चलचित्रका निर्माता मधुकुमार श्रेष्ठ, निर्देशक राजु गिरी रहेको चलचित्र विन्दास–२ को अडियोलाई चलचित्रकी नायिका सुष्मा कार्की, निर्माता श्रेष्ठ, निर्देशक गिरी, नायक सुशान्त कार्की, नायिका अनिशा गुरुङ, संगीतकार अर्जुन पोखरेललगायतले संयुक्त रुपमा विमोचन गरेका हुन् ।
चलचित्रमा ‘सुन्छु तिमीले मलाई’,‘माया गरेर हेर’,‘पछयौरी छोटो’ र ‘आँखामा’ बोलका गीत छन् भने गीतमा राम अविरल, टेकबहादुर तामाङ, होमलाल गुरुङ र सुरेन्द्र भट्टराईको शब्द छ । शिव परियार, प्रल्हाद तिमिल्सिना, दुर्गा खरेल र राजेशपायल राईको स्वर रहेको एल्बममा अर्जुन पोखरेलको संगीत रहेको छ । सुन्छु तिमीले मलाई भुल्नै आँटेकी छौ रे बोलको गीत भने पछिल्लो समयमा सर्वाधिक सिआरबीटी डाउनलोड हुन सफल गीत हो ।
कार्यक्रममा संगीतकार पोखरेलले ‘सुन्छु तिमीले मलाई बोल’को गीत गाएर सुनाएका थिए भने अर्का गायक प्रल्हाद तिमिल्सिनाले पनि फिल्ममा रहेको एक गीत सुनाएका थिए । निर्देशक गिरीले फिल्ममा यूवापुस्तामा देखिने लागूपदार्थ दुव्र्यसनको कथालाई प्रस्तुत गरिएको बताए । फिल्ममा कलाकार समेत रहेका निर्माता श्रेष्ठले एक प्रहरीले आफ्नो भूमिका निर्वाह गर्न खोज्दा भोग्ने समस्यालाई फिल्ममा देखाइएको बताए ।
sushant-susma-and-anisha

 

susma-karki

 

 

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु