हलिउडकी मोडल एमिली रटकास्की, सेक्सी इमेज भएकै कारण कामबिहिन !

म्यूजिक खबर
प्रकाशित: २६ असार २०७४, सोमबार

Emily Ratajkowski

एजेन्सी । सेक्सी इमेज फिल्मको सबै भन्दा बिकाउ मसला मानिन्छ । कुनै नायिकाको अभिनय कमजोर नै किन नहोस् यदि उसको बोल्ड छबी स्थापित भयो भने नाम र दामका लागि कुनै समस्या हुँदैन ।रोबिन थिकको विवादित भिडियो ट्रयाक ब्लर्ड लाइन्समा डान्स गरेपछि २६ वषिर्य एमिली चर्चामा आएकी थिइन् । अहिले अष्ट्रेलियामा रहेकी एमिलीले आफु पुरै बेरोजगार भएको बताइन् । ‘मान्छेहरु म संग काम गर्न चाहदैनन् किनकी मेरो स्तन निकै ठूलो छ ।’तर, हलिउडकी एउटी मोडल सेक्सी इमेज भएकै कारण कामबिहिन छिन् । अमेरिकी मोडल एमिली रटकास्की भन्छिन् ‘मेरो इमेज सेक्सी भएकै कारण दोस्रो महिला मसंग काम गर्न चाहदैनन् ।

स्तनलाई महिलाको सुन्दरताको एउटा हिस्सा मान्ने एमिली महिलाको स्तन ठूलो होस् या सानो मुद्दा बनाउन नहुने उनको भनाई थियो ।

गएको वर्ष एमिली र किम कदार्शियाको एउटा सेल्फी सार्वजनिक भयो । उनीहरु दुबैले वाथपटमा टपलेस भएर सेल्फी खिचेका थिए । एमिली भन्छिन् ‘हाम्रो शरीर कामुक हुनसक्छ । एउटा महिला स्वतन्त्र छे । उसले आफ्नो कामुकता जति पनि प्रदर्शन गर्न पाउछे ।’

एमिलीले गन गर्ल आन्टुरस दुई फिल्ममा अभिनय गरेकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु