ह्याप्पी बर्थडे करिष्मा !

म्यूजिक खबर
प्रकाशित: २१ माघ २०७०, मंगलवार

काठमाण्डौं, २० माघ । नेपाली फिल्म क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी सुन्दर अभिनेत्री करिष्मा मानन्धरको आज फेब्रुअरी ४ तारिखका दिन जन्मदिन हो । सर्वप्रथम करिष्मालाई ४४ औं जन्मदिनको शुभकामना !

सन्तानु फिल्मबाट रजतपटमा प्रवेश गरेकी करिष्माले जन्मदिनमा भने कुनै बिशेष कार्यक्रम राखेकी छैनन् । श्रीमान बिनोद मानन्धर र छोरी कविताको जन्मदिनलाई भव्य रूपमा सेलिब्रेट गर्ने करिष्मा आफ्नो जन्मदिन भने मनाउन रूची राख्दिनन् । भन्छिन् , मेरो आफ्नो भनेकै बिनोद र कबु हुन् । मैले उहाँहरूको जन्मदिन मनाउँदा खुसी लाग्छ । यद्धपी लण्डनबाट सासुआमा आज आउने भएकाले परिवारसँग बसेर रमाईलो गर्ने करिष्माले बताईन् ।

पछिल्लो समय फिल्ममा खासै सक्रिय नदेखिएकी करिष्माले फिल्म निर्माणमा सोचे अनुरूपले सफलता पाईनन् । अब भने उनी फिल्म निर्देशन गर्ने तयारीमा छिन् । राम्रो स्क्रिप्टको खोजीमा रहेकी करिष्मा छिट्टै नै निर्देशक बन्ने बताईन् । केहि बर्ष अमेरिकामा बिताएकी करिष्मा करिष्मालाई आगामी फिल्मी करियरको सफलताको कामना सहित जन्मदिनको शुभकामना !

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु