ट्रेलर तथा गीत सार्वजनिक गर्दै मैथिली फिल्म ‘प्रेमक बसात’

    [likebtn]

    २६ असार, काठमाडौं । मैथिली भाषाको सबैभन्दा महंगो चलचित्र ‘प्रेमक बसात’को आइतबार राजधानीमा एक कार्यक्रम ट्रेलर तथा गीत सार्वजनिक गरिएको छ । भारतको मुम्बईमा निर्माण भएको ‘प्रेमक बसात’ एउटा प्रेम कथामा आधारित चलचित्र हो । हिन्दु मुश्लिमले एक अर्कासँग विहे गर्दा आइपर्ने समाजिक समस्यामा आधारित चलचित्रमा नेपालका मोडल पियूष कर्णको मूख्य भूमिका रहेको छ भने सह कलाकारको रुपमा कल्कत्ताकी चर्चित नायिका रैना बेनर्जीले अभिनय गरेकी छिन् । भारतका चर्चित गायक आदित्य नारायण र तोचि रैनाले मैथिली चलचित्रको गीतमा पहिलोपटक आवाज भरेका छन् । वेदान्त झाले निर्माण गरेको चलचित्रको रुपक सरारले निर्देशन गरेका हुन् भने रुपक सरर लेखेको चलचित्रलाइ संगित सरोज सुमन, प्रवेश मल्लिक, एस।कुमारले दिएका छन् ।

     

     

    जेएनके इन्टरटेन्टमेन्टको ब्यानरमा एक करोड लगानिमा तयार भएको चलचित्र लाइ नेपालका विभिन्न शहर सहित भारत, दुबई, कतार अष्ट्रेलिया लगायतका देशमा एकैसाथ रिजिल गर्ने तयारी रहेको निर्माण युनिटले जानकारी गरेको छ । मैथिली भाषालाई विश्वव्यापी बनाउन यो चलचित्रले महत्वपूर्ण भूमिका रहने निर्माण युनिटको विश्वास रहेको छ । यसको एक आइटम गीत ‘ललमुनियाके ताडी’ मा नायिका नम्रता सापकोटाले पनि नृत्य गरेकी छिन । चलचित्रको सम्पूर्ण गीत संगीतलाई भारतकै सबै भन्दा ठुलो कम्पनी टी सिरिजले बजार ब्यबस्थापन गरेको हो । आगामी अगस्ट १ तारिखमा काठमाडौँमा बिशेष च्यारिटी शो गरिने भएको छ । भारतमा दशैं वरिपरि रिलिज हुने भने अन्य ठाउँमा पनि छुट्टा छुट्टै समयमा रिलिज गर्ने तयारी भइरहेको बताए । अब यहि जुलाई २० देखि बिरगंज र तराइका अन्य ठाउहरुमा पर्मोशनका कामहरु शुरु हुने पनि निर्माण पक्षले जानकारी दिएको छ ।

     

    Facebook comments

    Social Media

    आठ कक्षा फेललाई PHD को नक्कली उपमा भिराय भन्दैमा विश्वमै बहादुर सेना कहलियको नेपाली सेनाको अवमुल्यन गर्दै बिदेशी सेनालाई प्रबेश दिनु कहाँको स्वाभिमान र कताको राष्टबाद हो???

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार