• अन्तर्राष्ट्रिय म्यूजिक भिडियोमा नारायण ढकाल

    म्यूजिक खबर
    प्रकाशित: २ फाल्गुन २०७४, बुधबार

    २ फागुन, काठमाडौं । नेपाली गीतसंगीतमा चर्चा कमाएका मोडल एवं निर्देशक नारायण ढकाल यतिखेर भने अन्तर्राष्ट्रिय बजारमा पनि आफूलाई स्थापित गर्ने सोचमा लागि परेका छन् । उनीद्वारा अभिनित बंगलादेशी गीतको म्यूजिक भिडियो भ्यालेन्टाइन डेको छेको पारेर सार्वजनिक भएको छ । बंगलादेशबाट नेपाली मोडल र नेपाली पर्यटकीय क्षेत्रलाई कैद गरेर निर्माण गरिएको म्यूजिक भिडियो ‘तोमर आकाश’ मा नारायण ढकालको साथमा बंगलादेशकै मोडल तान्जिन तिसाले अभिनय गरेकी छन् । यस म्यूजिक भिडियोलाई बंगलादेशकै निर्देशक तनिम रहमान आङ्शुले निर्देशन गरेका हुन् ।

    बंगलादेशकै चर्चित गायिका सुस्मिता अनिशको स्वरमा रहेको तमोर आकाशलाई सोहेल अर्मनले लेखेका हुन् । संगीत निर्देशक अदितको संगीत रहेको यस गीतको म्यूजिक भिडियोलाई अर्फूज्जामनले छायाँकन गरेका हुन् भने वाम्मी रहमानले सम्पादन गरेका हुन् । यस गीतको म्यूजिक भिडियो र कलाकार छनौटका लागि नेपालबाट चित्रकार एवं गायक ज्योतिप्रकाशले संयोजन गरेका थिए । म्यूजिक भिडियोमा अभिनय गर्दै आएका धेरै मोडलहरुमध्ये नारायण ढकाललाई मन पराएको ज्योतिप्रकाशले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु