
काठमाडौं। ‘हाम्रो कला संस्कृति, पूर्विय दर्शन, ज्ञान विज्ञान, शान्ति र सद्भावको लागि हाम्रो कलाकारिता, हाम्रो अभियान’ भन्ने पवित्र उद्देश्य बोकी कला, संस्कृति, पूर्विय दर्शन तथा ज्ञान–विज्ञानको संरक्षण र प्रवर्द्धन गर्दै समाजमा शान्ति, सद्भाव र विश्वबन्धुत्वको सन्देश फैलाउने अभियानमा सक्रिय विश्व हिन्दु कलाकार मञ्च नेपाल (राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समिति) द्वारा विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा आयोजित शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
विश्व हिन्दु कलाकार मञ्च नेपाल (राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समिति) का अध्यक्ष शिवन पोखरेलको अध्यक्षता अनी नेपाली चलचित्र इतिहासकी प्रथम नायिका तथा विशिष्ट चलचित्रकर्मी भुवन चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, विश्व हिन्दु युवा सङ्घका अध्यक्ष ऋषिकेश जंग शाह, Drikung Kagyu Rinchenling Gomba का प्रिन्सिपल आचार्य सोनम लामा तथा वरिष्ठ सौन्दर्यविद् एवं समाजसेवी मञ्जिला सुवेदी सञ्चारकर्मी तथा म्युजिक खबरकी सम्पादक सविता पोखरेलको विशिष्ट आतिथ्यता रहेको थियो।
कार्यक्रममा नेपाली कला, चलचित्र, संगीत, समाजसेवा तथा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सम्मानित हुने व्यक्तित्वहरूमा वरिष्ठ चलचित्रकर्मी तथा नायक रवीन्द्र खड्का, वरिष्ठ चलचित्रकर्मी तथा नायिका शर्मिला मल्ल, वरिष्ठ कलाकार तथा निर्देशक शेर बहादुर डिसी, वरिष्ठ इन्जिनियर तथा गायक–सर्जक धर्मराज पोखरेल लगायत रहेका थिए।
त्यसैगरी सामाजिक व्यक्तित्व, व्यवसायी तथा समाजसेवीहरू नारायण देवकोटा, मदन कुमार केसी, पुष्कर न्यौपाने र विनोद महतो लगायतलाई सम्मान गरिएको थियो। वरिष्ठ सौन्दर्यविद् तथा सौन्दर्य प्रतियोगिताहरूकी निर्णायक मञ्जु कार्की पाण्डे, युवा गायन सम्मान प्रचण्ड राज राई, युवा सञ्चारकर्मी सम्मान गिरी प्रसाद भुसाल, गीतकार तथा समाजसेवी गायत्री थापा, इन्टरनेशनल प्रोग्राम कोर्डिनेटर तथा समाजसेवी नितु कोइरालालाई पनि सम्मान गर्नुका साथै संस्थाका सम्पूर्ण आजीवन सदस्यहरूको योगदानको कदर गर्दै सम्मान गरिएको थियो।
कार्यक्रममा कला, संगीत, विज्ञान र पूर्विय दर्शनको महत्त्वलाई उजागर गर्दै सांगीतिक प्रस्तुती तथा मन्तव्यहरू प्रस्तुत गरिएका थिए। संस्थाका उपाध्यक्ष नरहरी प्रेमीले गीत–संगीत, कला र पूर्वीय दर्शनको महत्त्व समेटिएको मन्तव्य प्रस्तुत गरेका थिए भने महिला सचिव पवित्रा आचार्य, गायक तथा संगीतकार कृष्णराज भण्डारी, अञ्जु सुनार, रिया खत्रीले सांगीतिक प्रस्तुती दिएका थिए। सचिव गोकर्ण बानियाँ (जि.आर.), कोषाध्यक्ष पुष्कर धानुके (सनराइज), गीत तथा संगीत विभाग प्रमुख केशव अधिकारी, संस्थाका प्रेस संयोजक प्रकाश बराइली अभिव्यक्ति लगायतको सक्रिय सहभागिताले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो।
संस्थाकी महिला उपाध्यक्ष पूजन काफ्लेको ब्यवस्थापन, प्रदीप कुमार रसाइलीको संयोजन रहेको कार्यक्रममा, कार्यक्रम सञ्चालक उपाध्यक्ष गोपाल ढकाल ९छन्दे० ले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रमले पूर्वीय दर्शन, ज्ञान–विज्ञान, हिन्दू सनातन परम्परा, नेपाली कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दै समाजमा शान्ति, सद्भाव, सहिष्णुता र विश्वबन्धुत्वको भावना विस्तार गर्नुपर्ने सन्देश दिएको छ। विविध सांस्कृतिक तथा दार्शनिक परम्परा प्रती सम्मान व्यक्त गर्दै कलाकारितालाई सामाजिक एकता र सकारात्मक परिवर्तनको माध्यम बनाउने संस्थाको उद्देश्यलाई समेत कार्यक्रममा जोड दिइएको थियो।
संस्थाका अध्यक्ष शिवन पोखरेलले प्रमुख अतिथि, विशिष्ट अतिथि, सम्मानित व्यक्तित्व, कलाकार, पत्रकार, व्यवसायी, समाजसेवी, आजीवन सदस्य, शुभचिन्तक तथा सम्पूर्ण कार्यसमिति परिवार प्रती हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेका थिए। उनले कला, संस्कृति, पूर्वीय दर्शन र ज्ञान–विज्ञानको प्रवर्द्धन मार्फत शान्ति तथा सद्भावको सन्देश फैलाउने संस्थाको अभियानलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएका थिए।