• अबिनासले ल्याए ‘चार कदम’ (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: १० आश्विन २०७४, मंगलवार

    काठमाडौं– गायक अबिनास न्यौपानेको दोस्रो एल्वममा समाबेश ‘चार कदम’ वोल रहेको पप गीत सार्वजनिक भएको छ । यस गीतलाई विश्वबन्धु न्यौपानेको लेखेका हुन्, भने हरि कंडेलले संगीत भरेका हुन् । जसमा बिनय केटुको संगीत संयोजन रहेको छ ।
    छोटो समयमा दर्शक तथा स्रोताहरुको मन जित्न सफल न्यौपानेले केही समयअघि निलो आकाश, मायालु, झिल्के साइलोलगायतका गीति एल्वमहरु बजारमा ल्याएका थिए । उनको प्रायः एल्वमहरु चर्चित छन् ।
    निर्देशक दिनेश बस्नेतको निर्देशनमा गीतको निकै राम्रो म्युजिक भिडियो निर्माण गरिएको छ । जसलाई सुलभ अधिकारीको छायांकन गरेका छन् भने भिम बिसीले सम्पादन गरेका छन् ।
    ‘वी वान क्रिउ’को उत्कृस्ट नृत्य रहेको यस गीतको म्युजिक भिडियोमा निखिल बिसीको कोरीयोग्राफी रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु